धरान/‘राष्ट्रका लागि एक घण्टा भन्दै मङगलबार इटहरीका युवा सडकमा देखिए । उनीहरु अनसनरत चिकित्सक गोविन्द केसीको मागलाई समर्थन गर्दै प्लेकार्ड बोकि सडकमा निस्कीएका हुन । itari इटहरीको मुुख्य चौकमा आज देखि एक घण्टा धर्ना दिने युवाहरुले ‘राष्ट्रका लागि एक घण्टा नाम दिएका’ छन् । भ्रष्टचार र मेडिकल माफिया विरुद्ध केसीले चालेका कदम सहि रहेको भन्दै इटहरीका सचेत युवाहरु केसीको समर्थनमा सडकमा उत्रेका हुन् । उनिहरुले केसीको समर्थनको जनाउ दिने प्लेकार्ड बोकि मुख्य चौकको सडक पेटीमा धर्ना दिएका हुन् । विभिन्न पेशामा आवद्ध रहेका युवाहरुले गुणस्तरीय स्वास्थ्य सेवाको पक्षमा रहेका केसीको समर्थनमा खुलेआमा समर्थजन जनाएका छन् । इटहरीका युवा विराट अनुपमले केसीले चालेका कदम आम नागरीकको हितको पक्षमा भएको दावि गर्दै उनको माग सुन्वाई गर्न सरकार लागि पर्नु पर्ने धारणा राखे । त्यस्तै अर्का युवा सन्जय चौधरीले केसीको माग प्रति वेवास्ता गर्ने सांसदहरुको नियति माथि समेत प्रश्न उठाए । आजबाट शुरु भएको इटहरीको यो अभियानले अब निरन्तरा पाउने अभिानकर्मी सम्राट थापाले बताए। उनका अनुसार इटहरी युवाहरु केसीको माग सुुन्वाइ नहुन्जेल हरेक दिन बेलुका ४ बजे देखि एक घण्टा सडकमा धर्ना दिने छन् ।