इटहरी/उनले विद्यालय जाने मौका पाइनन् । बुबालाई पनि सानैमा गुमाउनु परयाे । आमाको रेखदेखमा हुर्किएकी सुनसरीको सिमरियाकी दलित समुदायकी १७ वर्षीया एक युवती नजानिँदो पाराले सिमरिया–२ का अजय शाहसँग प्रेममा फँसिन् । तीन वर्ष लामो प्रेम सम्बन्धपछि आपूmहरुबीच शारीरिक सम्बन्धसमेत बढ्न थालेको ती युवती बताउँछिन् तर यो प्रेमलाई दुवैका अभिभावकले स्वीकार गरेका थिएनन् । love ‘हाम्रो सम्बन्धबाट मेरो पेटमा गर्भ पनि बस्यो’, आइतबार इटहरीमा सञ्चारकर्मीसँग न्याय माग्न आएकी ती युवतीले भनिन्, ‘गर्भ हटाउन उसैले पैसा दिएर विदेश गयो, त्यसपछि पनि मलाई छाड्न मानेन तर अहिले अर्कैसँग विवाह ग¥यो ।’ यता, केटा विदेश गएका बेला युवतीका आफन्तले सत्तेरझोडा गाविसका एक युवकसँग युवतीको सल्लाहमै उनको विवाह गराएका थिए । पहिलो प्रेमी विदेश हुँदासम्म उनी नवदुलही भएर घरमै बसिन् । ‘तर २०७३ वैशाख ४ गते अजय विदेशबाट फर्किएपछि मसँगै विवाह गर्ने भन्दै बोलायो’, युवतीले भनिन्, ‘उताको घर छाडेर आएँ, यता अजयले अहिले अर्कैसँग विवाह ग¥यो ।’ तीनवर्षे प्रेममा सँगै खिचेको फोटोसम्मको प्रमाण नजुटाएकी ती युवतीलाई न्याय दिलाउन दुहबी प्रहरी र जिल्ला प्रहरी कार्यालयमा पनि पटक–पटक छलफल भएको स्थानीय अकबर अलिले बताए । उनीहरुबीच प्रेम सम्बन्धको प्रमाण नभएकै कारण युवतीले न्याय पाउन नसकेको अलिले बताए । उनका अनुसार दुईजनाबीच प्रेम सम्बन्ध प्रगाढ बनेको थाहा पाएपछि केटाका आफन्तले युवतीलाई स्वीकार गरेनन् भने युवतीकी आमा पनि छोरीलाई राम्रो दृष्टिले हेर्दिनन् । ‘केटीबाट छुटाउनकै लागि केटाका बुबा पशुपति शाहले छोरालाई वैदेशिक रोजगारीमा पठाए’, अलिले भने, ‘उनी विदेशबाट एक वर्षमै फर्किए, फेरि भेटघाट बढ्न थालेपछि अर्कै केटी खोजेर छोराको विवाह गराए ।’ घटनाबारे बुभ्mन पशुपतिसँग सम्पर्क गर्दा उनले खासै बोल्न चाहेनन् । ‘मलाई पत्रकारले फोन मात्रै गर्छन्, कतिजना पत्रकारलाई जवाफ दिनु ?’ मोबाइल सम्पर्कमा उनले भने, ‘दलालहरुले केटीलाई उचालेर तनाव दिइरहेका छन् ।’ सोही क्षेत्रमा इरिकन संस्थामार्पmत् मानवअधिकारको क्षेत्रमा काम गरिरहेकी मञ्जु भण्डारीले सो घटनाका विषयमा छलफल भएको र युवतीलाई जीवन निर्वाहको व्यवस्था गर्न जरुरी रहेको बताइन् । ‘हाम्रो तर्पmबाट पनि न्याय दिलाउन पहल भइरहेको छ’, भण्डारीले भनिन्, ‘कानूनी प्रक्रियामा ल्याई उस (युवती) लाई न्याय दिलाउन जरुरी छ ।’ दुहबी इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर शिव पोखरेलले पनि यो घटनामा कार्यालयमा छलफल भएको तर दुई पक्षबीच तालमेल नमिलेपछि समस्या समाधान नभएको बताए । ‘केटा विदेश गएपछि केटीले अर्कैसँग विवाह गरिन्, केटा आएर अर्कैसँग विवाह ग¥यो’, पोखरेलले भने, ‘नाता कायम गरी कानूनी बाटोमा गए मात्रै घटनाको निकास निस्कन्छ तर दुई पक्षको कुरामा तालमेल नै मिल्दैन ।’ कुरामा तालमेल नमिलेकै कारण पटक–पटक छलफल हुँदा पनि निकास ननिस्किएको उनले बताए ।