धरान/पूर्वक्षितिज प्रकाशन प्रालिद्वारा संचालनमा आएको ब्लाष्ट खवर डट कमको आज औपचारीक उद्घाटन हुदैछ ।

साईटको उद्घाटन प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले गर्दै हुनु हुन्छ । गत २०६४ सालदेखि ब्लाष्ट डट कम डट एनपीबाट शुरु गरिएको साईट ब्लाष्ट दैनिकको आरकाईभको रुपमा संचालनमा थियो ।
गत बैशाख १ गतेदेखि भने ब्लाष्ट खवर डटकम दर्ता गरि नियमित संचालनमा रहेको पूर्वक्षितिज प्रकाशन प्रालिका प्रवन्ध निर्देशक किशोरकुमार कार्कीले जानकारी दिनु भयो ।