ghusधरान / कार्यालयबाट निर्माण सम्पन्नपछि निकासा हुने रकमबापतको कमिसन माग्ने  इन्जिनियर चण्डेश्वरी यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार रङ्गेहात पक्राउ गरेको छ । अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयले १० हजार रुपैयाँसहित विराटनगरको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इन्जिनियर यादवलाई पक्राउ गरेको हो । यादवमाथि कारवाहीको प्रक्रिया शुरु भएको अख्तियारका प्रवक्ता डीएसपी रमेशकुमार बस्नेतले बताए । महिला समन्वय समितिले मोरङको टङ्किसिनवारीमा भएको निर्माण कार्यको २ लाख रकम लिन जाँदा यादवले १० हजार घूस मागेको डीएसपी बस्नेतले बताए । यादवको निलम्बनको प्रक्रिया शुरु भएको उनले जनाए ।