श्री प्रधानमन्त्रीज्यू,
निकट प्रधानमन्त्री पुष्प कमल दहालजी, एक करोड दिनेका बिषयमा तपाईंपनि सहमत हुनु भएको रहेछ, म एकदमै खुशी भएको छु । खुशी करोड पाएकोमा हैन, धर्मलाई अफिमसंग तुलना गर्ने क्रान्तीकारीहरु आज चमत्कार र अलौकिक शक्तिलाई मान्न थालेछन्, हरि ओम् तत्सत् !
बिकट प्रधानमन्त्री शेर बहादुर देउवाजी, करोडमा तपाईंपनि ओके सुनेर म खुशी छैन । देशको अर्थतन्त्र जर्जर बनाउने तपाईंहरुले मलाईपनि आफुजस्तै विवादित बनाउनु भएकोमा बहुत् चिन्ता लागेको छ । म तपाईंहरुजस्तै अलोकप्रिय बन्न चाहान्न ।
टिकट प्रधानमन्त्री नारायणकाजी श्रेष्ठजी, सदिच्छाकालागि धन्यवाद । तर अलौकिक शक्तिले चुनाव जिताई दिन्छ, सत्ता टिकाई दिन्छ भन्ने लोभ हो भने त्यो भ्रम हटाई हाल्नोस, कर्म नगरी मर्म र चर्म बलियो हुंदैन ।
अत: तपाईंको सरकारले मेरा नाममा दिएको नगद रु १,०००००००/– (अक्षेरेपी रुपैंया एक करोड)कालागि धन्यवाद सहित् फिर्ता लैजान हार दिक्क अनुरोध गर्दछु । उक्त रकम कुनै भुकम्प पीडित सेन्टर बनाउन प्रयोग गरेमा देश र जनताको कल्याण हुनेछ ।
अन्त्यमा, तपाईंहरु तिनै जनालाई मेरो आर्शिवाद छ । स्थिति बिग्रेला भन्ने पिर खिर खान नभुल्नुहोला । ढुक्क भएर लुछाचुँडी गर्दै गर्नोस्, केही नहुञ्जेल केही पनि हुंदैन ।
आदीत्य दहाल
*Disclaimer: उपरोक्त रचनालाई आधिकारिक र सत्य ठानेर विश्वास पर्न गएमा हास्यास्पद हुनेछ । यो रीयल कुराहरुमाथी गजुरीयल टिप्पणीमात्र हो । *तस्विर सौजन्य: तानतुन डटकम (इन्टरनेट) गजुरियल डटकमबाट






























