
ताप्लेजुङ /ताप्लेजुङ तापेथोक गाविसको घैयाबारी भिरवाट पहिरो झरेपछि भाग्ने क्रममा एक महिला बेपता भएकिछन् । तापेथोक–८ सोप्लिम्मा निवासी २८ वर्षिय मनिता राई बेपात भएकी स्थानिय नुपु शेर्पाले जानकारी दिए । ताप्लेजुङ सदरमुकामदेखिदेखि दुई दिनको पैदल दुरिमा रहेको सो स्थानमा गएराति घरमाथिबाट आएको पहिरोबाट बच्न भाग्ने क्रममा राई वेपता भएकी हुन ।
सञ्चार पहुंचबाट टाढा रहेको सो स्थानमा पाँच घरपरिवार रहेका छन् । तापेथोकमा रहेको प्रहरी चौकिमा समेत प्रहरीको सञ्चारसेटले काम नगरेकाले मोवाईलबाट सम्पर्क गर्ने प्रयास गरीरहेको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि रामबहादुर केसीले बताए । पहिरोको क्षतिको विवरणसमेत आउन बाँकी नै रहेको छ । उनलाई गाउँलेहरुले खोजी गरिरहेको बताईएको छ ।