दिक्तेल बजारमा आगलागी
- असार २९, २०७३
- ब्लाष्ट खबर
खोटाङ / खोटाङको सदरमुकाम दिक्तेल बजारमा बुधबार बिहान सुरु भएको आगलागीले दिक्तेल नगरपालिका–२ थर्पुटोलका बिनोद पाण्डे र ढकप्रसाद पाण्डेको घर जलेर नष्ट भएको छ ।
पाण्डेको घरबाट सुरु भएको आगोले अन्य घरहरुसमेत क्षति पुगेको हो । उनको घर बचाउने क्रममा जीवन बस्नेत र सुमन बस्नेतको घर भत्काइएको छ ।
आगोले बिनोद र ढकप्रसादको घर पूर्णरुपमा जलेर नष्ट भएको हो । आगो नियन्त्रणको लागि स्थानीयवासी, नेपाल प्रहरी, शसस्त्र प्रहरी नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिएका छन् ।
वरपरका अन्य घरमा आगो फैलिन नदिन उच्च सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सरोज राईले बताए।
फाइल फोटो