धरान / आज आदिकवि भानुभक्त आचार्यको २ सय ३ औं जन्मजन्ती परेको छ । देशभर साहित्यकर्मी, कविले विविध कार्यक्रम गर्दै उनको जन्मोत्सव मनाउँदै छन् । भानुभक्तले नेपाली भाषामा रामायणको अनुवाद गर्दै नेपाली साहित्यकासमा नयाँ आयम थपेका थिए । त्यस अघिसम्म सँस्कृत भाषाका कविता, कथा, तथा महाकाब्यहरु रहेका थिए । bhanu-bhakta-acharya उनले रामायणको अनुवाद गर्दै नेपाली जनजिव्रोमा भिजाएका थिए । उनलाई हरेक वर्ष असार २९ गतेका दिन स्मरण गर्ने गरिन्छ । १८७१ साल असार २९ गते जन्मिएका आदिकवि भानुभक्त घाँसीको प्रेरणाले यो स्थान ओगट्न सफल बनेका छन् । तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए। उनका विभिन्न कृतिहरु नेपाली साहित्यकासमा छाडेर गएका छन् । जस्तै ‘प्रश्नोत्तर’ ९ १९१००, ‘भक्तमाला’ ९ १९१०० ‘वधूशिक्षा’ – १९१९०, ‘रामगीता’(१९२५० लगायत दर्जनौं फुटकर कविता, साहित्यकृति छाडेर गएका छन् । उनलाई यो स्थानमा परिचय गराउने मोतिराम भट्ट हुन् ।