विराटनगर / अदालतबाट कैद तथा जरिवाना फैसला भई फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने सिलसिलामा चोरी मुद्दाका फरार एक व्यक्ति मङ्गलबार पक्राउ परेका छन्।   पक्राउ पर्नेमा मोरङ विराटनगर-५ बस्ने २९ वर्षिय मिथलेस कुमार शर्मा रहेका छन। शर्मालाई सुनसरी जिल्ला अदालतले चोरी मुद्दामा २०७१ सालमा १ लाख २४ हजार १ सय २५ रुपैया जरिवानाको फैसला गरेको थियो।   क्षेत्रीय अनुसन्धान समुहको टोलीले शर्मालाई आज विहान उनकै घर वतनबाट पक्राउ गरी अदालतमा उपस्थित गराई फैसला बमोजिमको रकम असुल उपर गराइएको हो।