-
Home
-
पूर्व
-
कोशीहरैचा नपाका तीन वार्ड खुला दिसामुक्त
कोशीहरैचा नपाका तीन वार्ड खुला दिसामुक्त
- असार २८, २०७३
- ब्लाष्ट खबर
विराटचौक / नयाँ नगरपालिका मध्ये मोरङको कोशी हरैचा नगरपालिकाको तीन वार्डहरुलाई सोमबार खुला दिसामुक्त घोषणा गरिएको छ ।
कोशीहरैचा–७, १० र ११ लाई खुला दिसामुक्त घोषणा गरिएको हो । तीन वार्डका नागरिकहरुले चर्पीलाई भरपूर प्रयोग गर्ने प्रतिवद्धता पनि कार्यक्रमकै बिच गरेका छन् । कोशी हरैचा नपाका कार्यकारी अधिकृत गणेशराज कार्कीले विस्तारै सबैजसो वार्डहरुलाई दिसामुक्त घोषणा गर्दै कोशीहरैचालाई पूर्ण खुलादिसामुक्त घोषणा गरिने बताए । यस तयारीको लागि सबै नगरपालिकाबासीहरुको सहयोग अपरिहार्य रहेको उनले बताए ।
सरसफाई संयोजकहरु धन बहादुर केदेम, गुरु पौडेल र मध्यनारायण चौधरीले पनि गाउँ पूर्ण सरसफाईको लागि खुला दिसामुक्त अभियानलाई सदैव प्रभावकारी बनाउने बताए । कार्यक्रममा राजनीतिक दलहरुबाट नेपाली कांग्रेसका लोकनाथ दाहाल, नेकपा एमालेका मातृकाप्रसाद ढकाल, माओबादि केन्द्रका क्षेत्रीय सदस्य रोहित चौधरी, राप्रपाका गुरुप्रसाद संजेल, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज लिम्बु सहभागी थिए । त्यस्तै कोशीहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईँ, लायन्स क्लब अफ इन्द्रपुरका अध्यक्ष शिवप्रसाद ढकाल, मातृभुमि महिला समाजकी अध्यक्ष शान्ता दाहाललगायतको उपस्थिति रहेको थियो ।