धरान/धरान धनुकटा सडक खण्डको भेडेटार नजिक भारतिय पर्यटकको सवारी दुर्घटना हुदा एक भारतिय को मृत्यु भएको छ भने २ नेपाली सहित ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतको वहार स्थित मध्यपुरा ३८ बर्षको सुरजकुमार सिहको मृत्यु भएको हो । [caption id="attachment_5943" align="alignleft" width="600"]gadi तस्विर सन्तोष काफ्ले[/caption] दुर्घटनामा परि घाइते हुनेहरुमा सवारी चालक विहार मध्यपुराका राजकुमार सिंह, प्रभाकर कुमार , रोहीत कुमार तथा झापाको गौरादह ठेगाना वताउने प्रीति राई र सुनिता राई रहेका जिल्ला ट्राफिक प्रहरी कार्यलय सुनसरीका प्रहरी निरिक्षक मेघराज अधिकारीले जानकारी दिए । घाइतेहरुको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानमा उपचार भइरहेको छ । नेपाली दुइ युवतीको बास्तविक परिचय भने खुलेको छैन । उनिहरुले फरक फरक नाम वताएका छन् । उनिहरुले प्रहरीलाई भेडेटार वाट लिफ्ट मागेर आएको वताएपनि उनिहरु शुक्रबार नै सगै रहेको प्रत्यक्षदर्शी ले जनाएका छन् । भारतको विहार स्थित फारविसगञ्ज नगरमा एलइडीको डेण्डर फर्म दर्ता गरी शुक्रबार भेडेटार आएको र शनिबार विहान भेडेटारवाट फर्कने क्रममा विआर४३टी ४२२२ नम्बरको स्करपियो गाडी धरान २० स्थित देवीथानमा मा दुर्घटना भएको प्रहरीले जनाएको छ । भेडेटार वाटै तिव्र गतिमा आएको सो स्करपियो सडकको वाया साइड छोडेर दाया तर्फ सडक वाट १ सय ५० मिटर तल झरेको थियो । गाडि तिव्र गतिमा भएको कारण अन्यन्त्रित भई सडकवाट खसेको प्रत्यक्ष दर्शी राजु अधिकारीले जानकारी दिए । गाडि सडक भन्दा १सय५० मिटर तल झरेको कारण उद्धार गर्न १ घण्टा भन्दा लामो समय लागेको इलाका प्रहरी कार्यलय धरानका डिएसपी ढकेन्द्र खतिवोडा ले वताए । उनले घाइेतको उद्धार गरे पनि गाडी भने निकाल्न नसकिएको जानकारी दिए । शुक्रबार भेडेटार सगै नमस्ते झरना पुगरे साझ भेडेटारको एक होटलमा ६ जनानै सगै वसेको र विहान समेत चालकले माधक पदार्थ सेवन गरि गाडि कुदाएको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीकोे अनुमान रहेको छ