तरहरा/ इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा लिलम बस्नेत निर्वाचित भएका छन् । अाफ्रना प्रतिस्पर्धी ईश्वर पराजुलीलाई करीब पाँच सय मतको अन्तरले हराउँदै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् । बस्नेतले कुल ३३ सयमध्ये १८ सय ५० मत प्राप्त गर्दा पराजुलीले १३ सय ९५ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

वाणिज्यतफ बस्नेत प्यानलका शैलेस विष्ट, भूपेन्द्र बराल, टङ्क खनाल, कमल पौडेल, विश्वराज धिमाल र उमानाथ दाहाल विजयी भए भने पराजुली प्यानलका अनिल सुब्बा, भीमबहादुर पौडेल र श्याम रिजाल विजयी भए । महिलातर्पm बस्नेत प्यानलका उम्मेरद्वय रञ्जु सिग्देल र मुना तिम्सिना विजयी भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, उद्योगतर्पmका सदस्यहरुमा पराजुली प्यानलका दिवस पोखरेल, लक्ष्मण हुमागाईं र बस्नेत प्यानलका राजेन्द्रकेशरी घिमिरे, बजरङ्गलाल अग्रवाल विजयी भएको निर्वाचन समितिका पोषराज नेपालले बताए ।
सङ्घको नयाँ कार्यसमितिका लागि बिहीबार मतदान सम्पन्न भएको थियो । मतदानमा ८१ दशमलव ९ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । कुल ४ हजार ७ मध्ये ३ हजार ३ सय ३९ मत खसेको निर्वाचन अधिकृत कमलेश पौडेलले जनाए । १८ सदस्यका लागि दुई प्यानलका गरी ३८ जना चुनावी प्रतिस्पर्धामा थिए । तीमध्ये दुईजनाले स्वतन्त्र रुपमा सदस्यमा उम्मेदवारी दिएका थिए । सङ्घमा अध्यक्षसहित १९ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।
त्यस्तै, एसोसिएटतर्पm बस्नेत प्यानलकै सुदीप घिमिरे र वस्तुगतर्पm पराजुली प्यानलका नवराज काप्mले विजयी भए । पराजुली प्यानलका सन्तोष आचार्य र बस्नेत प्यानलका लक्ष्मी धितालले बराबरी ६–६ मत ल्याएका छन् ।
उद्योगी–व्यवसायीहरुको चुनाव भए पनि राजनीतिक दलसँगको आबद्धताले स्थानीय निकाय निर्वाचनको झल्को दिएको थियो । अध्यक्षका प्रत्यासी पराजुलीको प्यानललाई नेपाली काङ्गे्रससहित माओवादी केन्द्र र राप्रपा नेपालको समर्थन थियो भने बस्नेत एमालेका उम्मेदवार हुन् । इटहरीमा यो चुनावलाई राजनीतिक प्रतिष्ठाको रुपमा पनि हेरिएको थियो ।