-
Home
-
पूर्व
-
सेवाग्राहीको हत्या गर्नेलाई जोगाउने खेल
सेवाग्राहीको हत्या गर्नेलाई जोगाउने खेल
- असार २४, २०७३
- ब्लाष्ट खबर
गोकुल पराजुली
विराटनगर/ गाउँ विकास समितिको कार्यालयमा मृत भेटिएका मोरङ भौडाहाका चैता सरदारको हत्या भएको भन्दै आफन्त तथा स्थानीयले दोषीलाई कारवाही गर्न माग गरेका छन् ।
उनीहरुले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी स्थानीय प्रशासन समेतको सहयोगमा हत्यालाई आत्महत्या प्रमाणित गराउने पहल भइरहेको भन्दै न्यायका लागि सबै सामाजिक सङ्घसंस्थासँग सहयोग मागेका छन् ।
आप्mनो पतिको हत्या गाविसमा काम गर्दैआएका मुखिया विश्वनाथ सरदार समेतको समूहले गरेको भएपनि त्यसलाई आत्महत्या ठह¥याउने प्रयत्न भइरहेको आशङ्का बढेको महावती सरदारले बताइन् । शौचालय बनाउन रिङ लिन गएका चैता कार्यालयमै मारिएको महावतीले दावी गरिन् ।
गत जेठ ३२ गते दिउँसो साढे १ बजेतिर कालो धर्के गम्छा कम्मरमा बाँधेर चैतु गाविस पुगेका थिए । शौचालय बनाउन रिक्सामा लगेको दुईवटा रिङ फुटेपछि त्यसको साटोमा थप रिङ माग्न उनी गाविस कार्यालय गएका थिए । त्यहाँ उनको विश्वनाथ सरदारसँग विवाद भएको थियो । विवादपछि चैतालाई मुखिया विश्वनाथले कुटपिट गरी कोठाभित्र लगेका थिए । पछि त्यही कोठामा चैता मृत भेटिएका हुन् । मृतक चैताको साथमा दुईवटा तौलिया भेटिएको थियो । एउटा घाँटीमा झुण्डिएको थियो भने अर्को कम्मरमा बाँधिएकै अवस्थामा थियो ।
मालपोत तिर्न गाविस कार्यालय पुगेका प्रत्यक्षदर्शी दीपेश साहले चैताको हत्यानै भएको दावी गरे । उनका अनुसार विश्वनाथले कुटपिट गर्दा चैतुको कम्मरमा एउटा तौलिया बाँधिएको थियो । विश्वनाथले चैताको टाउको भित्तामा ठोक्काइदिएका थिए । विश्वनाथले कोठाभित्र लगेर आपूmपनि भित्रै बसी चुकुल लगाएपछि आपूm फर्किएको र त्यतिबेला गाविस सचिव ईश्वरी पोखरेल पनि कार्यालयमै रहेको साहले जानकारी दिए । कार्यालय समयमा कोठामा थुनिएका चैता कार्यालय समय सकिएपछि मात्र मृत फेला परेको हल्ला योजनावद्धरुपमै पैmलाइएको थियो ।
घटनापछि प्रहरीले पीडितको तर्पmबाट शुरुमा जाहेरी लिन नमानेपनि गाउँलेहरुको चर्को दबावपछि जाहेरी लिएको थियो । जाहेरीपछि प्रहरीले गाविस सचिव ईश्वरी पोखरेल, विश्वनाथ साह लगायतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार पोष्टमार्टम रिपोर्टमा आत्महत्या भएको उल्लेख गरिएको सूचना चुहिएपछि पीडितहरुले मिलोमतोमा हत्यालाई ढाकछोप गर्ने प्रयत्न भएको बताएका छन् ।
हत्याको आरोप लागेका विश्वनाथ सरदार भौंडाहा गाविसका डनजस्तै थिए । त्यहाँ उनले जे भन्यो त्यही हुने गथ्र्यो । गाविसको बजेट सचिवले नभइ उनैले विनियोजन गर्दथे । जसले गर्दा स्थानीय राजनीतिक दलका नेता–कार्याकर्ताहरु उनको खुलेर विरोध गर्न सक्दैनथे । त्यही कमजोरीमाथि खेल्दै हालिमुहाली गरेका विश्वनाथले चैताको हत्यापछि पनि सचिव लगायत अन्य केही स्थानीयको सहयोग लिएर आत्महत्या जनिनेगरी थप अपराधको गतिविधि गरेको पत्रकार सम्मेलनमा सहभागीहरुले बताए ।
घटनाको अनुसन्धानमा प्रहरीले सहयोग गरिरहेको भएपनि जिल्ला प्रशासन कार्यालयले सकारात्मक सहयोग नगरेको उल्टो राजनीतिक दलहरुलाई बोलाएर घटनाको बारेम नबोल्न भन्दै दबाव लिएको स्थानीयले बताएका छन् । प्रमुख जिल्ला अधिकारी तोयम रायाकै सहयोगमा केही राजनीतिक दलका स्थानीय नेता–कार्यकर्ताहरुले घटनाका प्रत्यक्षदर्शीहरुलाई धम्की दिएपछि साक्षीहरु गायब हुन थालेका छन् । प्रत्यक्षदर्शी दीपेश साहले भने, ‘मलाई पनि निकै चुनौती छ, तर म न्यायको पक्षमा जुनसुकै ठाउँमा गएर बोल्छु, चैताको हत्या भएकै हो ।’