भद्रपुर/ झापामा एक दिने उपभोक्ता सम्बन्धि प्रशिक्षण सम्पन्न गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्च झापाको आयोजनामा विहिवार भद्रपुर स्थित चन्द्रगढी स्वास्थ्य चौकीमा उपभोक्ता सचेतना अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षणलाई भद्रपुर नगरपालिका कार्यकारी अधिकृत संतोष घिमिरेले उद्घाटन गरेका थिए । अनुगमनको सक्रियता नभएका कारण दैनिक उपभोक्ताहरु मारमा परेको अवस्थालाई नगरपालिकाले न्यूनिकरण गर्ने उदेश्य लिएकोे अधिकृत घिमिेले बताए । सदरमुकाम क्षेत्रमा रहेको नगरपालिका अनुगमनको एक अंश भएपनि हालसम्म अनुगमनमा नवोलाइएकोले अनुगमन भित्रभित्रै भइरहेकोमा गुनासो गरेका थिए । जिल्ला प्रशासनको नेतृत्वमा भएको अनुगमनको उपलब्धी शुन्य रहेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य राजेन्द्र घिमिरेले बताए । विल लिने र दिने कार्यको थालनी नभएसम्म उपभोक्ता मारमा परिरहने उनको वुझाई थियो । कार्यक्रको बारेमा मञ्का उपाध्यक्ष शुभद्रा भट्टराईले प्रष्ट पारेकी थिइन् । हरेक क्षेत्रमा वेथिती भएकोले नागरिकलाई सचेतना जगाउन झापाका प्रत्येक क्षेत्रमा कार्यक्रम आयोजना गरिने उनले जानकारी गराएकी थिइन् । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत तेजिन्द्र गौतम र घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत गोपाल लिम्बुले प्रशिक्षण दिएका थिए । विभिन्न क्षेत्रका ५० जनाले प्रशिक्षणमा भाग लिएका थिए । मञ्चका अध्यक्ष मञ्जु पोखरेलको सभापतित्व तथा कार्यकारी अधिकृत घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रको संचालन मञ्चका सचिव इश्वर अधिकारीले गरेका थिए ।