धरान/वीपी प्रतिष्ठानभित्रको सुरक्षा व्यवस्था सम्हाल्दै आएको केटीएम सेक्युरिटी कम्पनीले एकजना कामदारलाई हटाएको विषयले राजनीतिक रुप लिएको छ । सेक्युरिटी कम्पनीमा कार्यरत् गोपीनाथ योगीलाई निष्कासन गरिएपछि काङ्ग्रेस र एमाले पक्षको हानाथापले यो प्रकरणले राजनीतिक रुप लिएको हो । bp-aandolan एमाले धरान नगर कमिटीसहित एमाले पङ्क्ति जुनसुकै हालतमा योगीलाई पुनर्वहाली गर्ने पक्षमा उभिएको छ भने सोही कम्पनीमा आबद्ध काङ्ग्रेसका युवा नेता सन्तोष विकलगायत भने योगीलाई वहाली नगर्ने अडानमा लागेपछि विवाद चर्किएको बताइएको छ । सेक्युरिटी कम्पनीका सञ्चालक रामेश्वर साह पनि योगीलाई पुनर्वहाली गर्न नसक्ने अडानमा कायम रहेपछि तीन महिना पुरानो समस्याले नयाँ राजनीतिक रुप ग्रहण गरेको हो । गत चैत १७ गते योगी र सो कम्पनीका म्यानेजर पवन खड्काबीच भएको विवाद र भनाभनबाट शुरु भएको विवादको भित्री पाटो भने भिन्न छ । चैत १६ र १७ गते ड्युटीमा नगएका योगीले आफ्नो स्थानमा अन्य सहकर्मीलाई ड्युटीमा लगाएर आफ्नो नाममा हाजिर गराउन कोशिस गरेको कम्पनीका व्यवस्थापकले वताउँदै आएका छन् । योगीको त्यो कोशिसलाई म्यानेजर खड्काले अस्वीकार गरेपछि भनाभन र हात हालाहालसम्म हुँदै यो विषय प्रहरीसम्म पुगेको थियो । प्रहरीले योगीलाई पक्राउ गरी केही समय थुनामा पनि राखेको थियो । थुनामुक्त गर्ने क्रममा कम्पनीको नियमअनुसार योगीमाथि अनुशासन उल्लङ्घन गरेको अभियोगमा कारवाही गर्ने मौखिक सहमति बनेको थियो तर व्यवस्थापक साहले एकैपटक निष्कासनको सूचना जारी गरेपछि योगी आपूm आबद्ध दल एमालेको शरणमा पुगेका थिए । एमालेका केही नेताहरु र व्यवस्थापक साहका बीचमा पटक–पटक छलफल हुँदै आएको थियो तर सभासद्समेत उपस्थित छलफलमा एक सहभागी उत्तेजित रुपमा प्रस्तुत भएपछि विवाद झन् चर्केको छलफलमा सहभागी एकले बताए । bp-aandolan.2jpg राजनीतिक रुप लिँदै विवाद राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र एमाले केन्द्रीय कार्यालयसम्म पुगिसकेको छ । यसैबीच एमालेसम्बद्ध जिफन्टको आयोजनामा बिहीबार प्रतिष्ठान हाताभित्र आयोजित भेलामा एमालेका स्थानीय नेता र मजदुरहरुले योगीलाई वहाली नगरे आन्दोलन गर्ने घोषणा गरेका छन् । सेक्युरिटी कम्पनीका म्यानेजर पवन खड्काले गयल समयको हाजिर गर्न नदिएको विषयमा विवाद भएको बताउँदै भने, ‘किन मेरो हाजिर नचढाएको भन्दै अश्लील शब्द प्रयोगसहित हातपात गरे, व्यावसायिक मर्यादा र अनुशासनविपरीतको क्रियाकलाप गरेपछि कम्पनीले छानविनपछि उनीमाथि कारवाही गरेको हो ।’ यता योगीले भने पहिलाबाटै त्यसरी ड्युटीमा नगएको समयमा अन्यलाई ड्युटीमा लगाइने प्रचलन रहेकाले आपूmले पनि त्यसो गरेको तर कुटपिट भने नगरेको दावी गरे । योगीले गयल भएको समयमा आफ्नो खुट्टामा चोट लागेका कारण मौखिक रुपमा जानकारी गराएर आपूm ड्युटीमा नगएको बताए । उनले ड्युटीमा खटाएका भवनसिंह लिम्बू र लक्ष्मीप्रसाद वाग्लेले जबर्जस्ती धम्क्याएर ड्युटी लगाएको विषय गलत रहेको जिकीर गरेका छन् तर लिम्बू र वाग्लेले चैत १८ गते कम्पनीको कार्यालयमा दर्ता गराएको पत्रमा भने योगीले जबर्जस्ती ड्युटी गराएको भन्ने उल्लेख छ । bp-aandolan.3pg योगीलाई श्रम कार्यालयसहितका सरकारी कार्यालयमार्पmत् कानूनी कारवाही किन शुरु नगरी राजनीतिक रुप दिइयो भनेर प्रश्न गर्दा उनले आपूm एमालेसम्बद्ध मजदुर संगठनमा आबद्ध रहेकाले आफ्नो दल र संगठनमा कुरा राखेको बताए । उनले व्यवस्थापकले समस्या छलफलबाट टुङ्ग्याउने भन्दै अलमल्याएका कारण श्रम कार्यालय जान नपाएको जिकीर गरे । सेक्युरिटी कम्पनीका क्षेत्रीय प्रमुख रुपम लामाले पनि योगीले अनुशासन उल्लंघन गरी कमान्डरमाथि नै हातपात गरेपछि कम्पनीले कारवाही गरेको बताए । कम्पनीका व्यवस्थापक रामेश्वर साहले भने कम्पनीको अनुशासन उल्लंघन गरेकाले कम्पनीको नियमअनुसार नै करारपत्रको बुँदा नम्बर १ बमोजिम निष्कासन गरिएको बताए । बँुदा नम्बर १ मा ‘कम्पनीले चाहेको बखत कारण नखुलाई समेत हटाउन सक्ने छ’ भन्ने उल्लेख छ । साहले समस्यालाई छलफलबाटै आपूmले टुङ्ग्याउन चाहे पनि योगीलाई प्रतिष्ठानभित्रै काम दिन चरम दवाब आएपछि आपूmले मानवीय हिसाबमा पनि समस्या सुल्झाउन खोजे पनि नसकिएको बताए । उनले शक्ति केन्द्र र केन्द्री तहवाट दवाब आएको समेत स्वीकार गरे । उनले आपूmले कानून मिचेर कसैमाथि अन्याय नगरेको दावी गर्दै भने, ‘यदि योगीमाथि अन्याय भएको भनेर कसैलाई लागेको छ भने श्रम कार्यालय या त अदालत गएर किन न्याय खोज्दैनन् ?’ एमाले धरान नगर समितिका सचिव राजमणि निरौला पनि योगी प्रकरण अब राजनीतिक प्रतिष्ठाको विषय बनेको स्वीकार्दछन् । उनले व्यवस्थापक साहले काङ्ग्रेस समर्थितहरुको आडमा राजनीतिक प्रतिशोध साँध्न आफ्नो दलसम्बद्ध मजदुर संगठनमा सक्रिय योगीलाई निष्कासन गरेको दावी गरे । उनले स्पष्टीकरणसमेत नसोधी एकैपटक निष्कासन गरिनु न्यायसंगत नभएकाले योगीको पुनर्वहाली नगरिए मजदुरले थाल्ने आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहने बताए । श्रम कार्यालयलगायतका सरकारी निकायवाट कानूनी उपचार नखोजिएको विषयमा उनले पनि व्यवस्थापकले समस्या छलफलबाट टुङ्ग्याउने भनेर अल्मल्याएका कारण नगरिएको जिकीर गरे । आन्दोलनसँगै कानूनी उपचारको हक खोज्ने प्रक्रिया थाल्ने कि नथाल्ने भन्ने विषयमा भने उनले भने, ‘आन्दोलनमा गइसकेपछि कानूनी हकको बाटो अपनाउने कुरै हुन्न, पूर्वराजा ज्ञानेन्द्रलाई पनि आन्दोलनबाटै हटाइयो नि, मुद्दा हालेर त हटाइएको हैन !’ नेपाली काङ्ग्रेसका धरान सभापति तिलक राईले भने योगीका विषयमा कुनै जानकारी आपूmलाई नभएको भन्दै अनभिज्ञता प्रकट गरे । उनले एमाले र काङ्ग्रेसबीच योगीका विषयमा विवाद रहेको विषयमा कुनै सत्यता नभएको बताए । उता प्रतिष्ठानका उपकुलपति डा.वीपी दासले सेक्युरिटी कम्पनीले प्रतिष्ठानलाई योगी प्रकरणका विषयमा जानकारी गराएको बताए । उनले आफ्नै कमान्डरमाथि हातपात गर्ने सेक्युरिटी मजदुरलाई वहाली गर भनेर प्रतिष्ठानले नभन्ने बताउँदै थपे, ‘अनुशासनहीन मजदुर र कर्मचारीलाई वहाली गर्नुपर्छ भन्ने पक्षमा प्रतिष्ठानले बोल्न मिल्दैन ।’ दासले आपूmसँग यो विषय आइपुगेको भए पनि सेक्युरिटी कम्पनीका व्यवस्थापक र मजदुरबीचको विषय भएकाले उनीहरुले नै टुङ्ग्याउनुपर्ने बताए ।