पाकिस्तानमा को लाहोरको किङ्ग एडवार्ड मेडिकल विश्वविद्यालय बाट मा MBBS ,MD पढे ,हो साचिकै 'इद उल फितर' को दिन सम्पूर्ण लहोरी को अनुहार मा खुसी हुन्छ !आज म धरान को बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग विशेषज्ञ को पद मा काम गरि रहे को छु !पाकिस्तानमा बितेको रामाइलो दिन कदापी भूलन सकिन !तसैले 'इद उल फितर' को बारे चर्चा गर्न चाहन छु ! नेपाल सरकारले विक्रम संवत् २०७३ सालका सार्वजनिक विदाहरुमा केही परिवर्तन गरेको भए पनि इस्लाम धर्मावलम्बीहरुको पर्व इदको अवसरमा सबैका लागि (सार्वजनिक) कायम राखेको छ।

सोही अनुसार असार २३ गते बिहीबार इद उल फितर परेको हुनाले सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द हुनेछन्। साउदी अरबमा बुधबार इद उल फितर मनाउने निर्णय भइसके पनि भारत, पाकिस्तान लगायत दक्षिण एसियाली मुलुकमा त्यसको भोलिपल्ट अर्थात् असार २३ गते बिहीबार मनाउने गरिन्छ। इस्लाम धर्मावलम्बीहरुको महान चाड 'इद उल फितर' लाई पवित्र रम्जान महिनाको अन्तिम दिनमा पर्दछ ।
चन्द्रमाको आकार पर्वको निर्धारणमा महत्वपूर्ण हुन्छ !त्यसकारण पनि सबैजनाले अन्तिम दिन साँझमा चन्द्रमा हेर्ने इस्लामीक रीति अनुसार रम्जानको गर्दछन र जब हिजाल अर्थात अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ र चन्द रात पनि भनिन्छ,र रात भरि खुब रामाइलो हुन्छ ! तब मात्र रमजान महिनाको व्रतको अन्त र इद उल फितर पर्वको शुरुवात हुने गर्दछ । यो एउटा उत्साह र जीत को चाडवाड हो जहाँ परिवार र समाज समक्ष मुस्कान र सदाचारका शुभेच्छाहरु आदानप्रदान गर्ने गरिन्छ । इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममा यहि रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरु प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरु बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरु खुल्ला रहने बताइन्छ जस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।
इदको दिन इस्लाम धर्मावलम्बीहरु स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरु मध्ये सबैभन्दा राम्रो कपडा लगाएर इद विशेष प्रार्थनाका लागि नजिकैको मस्जिदमा भेला हुने गर्दछन र प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिने गर्दछन्, यसरी मस्जिद या प्रार्थना भेलामा जाँदा घरबाटै तक्विर अर्थात् अल्लाहको महिमा उच्चारण गर्दै उक्त स्थानसम्म पुग्ने गर्दछन र बाटोमा भेट हुने सम्पूर्णसँग शुभकामना आदान प्रदान गर्दै जाने चलन छ । प्रार्थनामा जाँदा र फर्कदा सकेसम्म फरक फरक बाटो प्रयोग गर्नुपर्ने चलन छ । प्रार्थना पश्चात् परिवारहरुमा सामूहिक भेला हुनेगर्दछ र सामूहिक रुपमा भोज गर्दै इद उल फितर को हर्ष उल्लासपूर्ण स्वागत गरिन्छ । बालबालिकाकालागी भने यो उत्सव अझै बिशेष हुनेगर्दछ किनभने उनीहरुलाई आफूभन्दा ठूलाले बिभिन्न खानेकुरा, कपडा खेलौना र मिठाई कोसेली दिनेगर्दछन् जस्लाई ईद को ईदि भनिन्छ जसमा ठूलाले आफूभन्दा साना जोसुकै र जुनसुकै उमेरकालाई पनि एउटा सानाको हक या भनौँ अधिकारनै मानेर प्रदान गरिन्छ ।
रमाइलोलाई अझै रङ्गीन बनाउन कतिपय ठाँउमा त बालबालिकाहरुले विभिन्न रङ्गहरु र झिलीमिली कपडा र कागजबाट बनेका ध्वजा पताका र तोरणहरूले घरलाई सिंगार्ने पनि गर्दछन् । ईद चाडले भातृत्व, शान्ति र शुभेच्छाहरुको आदान प्रदानलाई प्रोत्साहन गर्ने गर्दछ र गरिब परिवारहरुले पनि सम्मानकासाथ इद मनाउन पाउन भनेर बिभिन्न प्रकारका भोजहरु र ज़कात दिने आयोजना गर्ने गर्दछन् ।यो पर्वमा तपाईँ हामी सबैलाई ईद उल फितरको शुभकामना ।
बालरोग विशेषज्ञ,बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान