waterतरहरा / इटहरीको ओम सत्यसाई वाटर इण्डष्ट्रिजले चार वर्ष अघिदेखि उद्योग सञ्चालन अनुमतीपत्र नवीकरण नगरेको र उपभोक्ताको स्वास्थ्यमाथि समेत खेलवाड गरेको भन्दै सरकारी अनुगमन टोलीले तत्काल उद्योग बन्द गर्न निर्देशन दिएको छ । क्षेत्रीय गुण नियन्त्रण कार्यालय विराटनगर र सुनसरी जिल्ला प्रशासनको संयुक्त टोलीले अनुगमन गर्दा पानीको गुणस्तर राम्रो नपाइएको र सरकारी मापदण्ड पूरा नगरी उद्योग सञ्चालन गरेकोले तत्काल उद्योग बन्द गर्न निर्देशन दिएको क्षेत्रीय गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक पुष्प राईले जनाए । ‘कम्पनीले इटहरीका विभिन्न स्थानमा ठाउँ सार्दै उद्योग सञ्चालन गर्ने गरेको तर सम्बन्धित निकायलाई कुनै जानकारी नदिएको भेटियो’, सुनसरी जिल्ला प्रशासन कार्यालयका खाद्य निरीक्षक रमेश दाहालले भने । लापरवाही तरिकाले पानी उद्योग चलाएको पाएकोले तत्काल सात दिनसम्म उत्पादन बन्द गर्न निर्देशन दिएको उनको भनाइ थियो । उनका अनुसार जिल्ला प्रशासनमा उक्त उद्योगविरुद्ध चारवटा उजुरी परेको छ । उद्योगलाई यसअघि पनि पटक–पटक चेतावनी दिएर मुद्दा चलिसकेको खाद्य निरीक्षक दाहालले जानकारी दिए । यता पानी उद्योग सञ्चालक राजु संगतले कमजोरी स्वीकारेका छन् । आपूm केही समय काठमाडांै बसेको कारण उद्योग अरुलाई नै ठेक्कामा दिँदा समस्या भएको उनले बताए ।