सुन्दरी प्रतियोगिताहरुमा बिरलै एउटै परीवारका एक भन्दा बढि सदस्य एकै चोटी सहभागि हुन्छन् , तर मिस मेचीमा मेचीकी सुन्दरी बन्न एउटै घरका दुई दिदि बहिनि आपसमा भिड्दैछन् । विर्तामोडको भद्रपुर रोडका दुई युवति अस्मिता र स्मृति चिमरीया मिस मेचीको उपाधिका लागि प्रतिस्प्रधामा उत्रिएका हुन् । १६ वर्षिया स्मृति ले आवेदन भरेपछि १९ वर्षिय दिदि अस्मिताले पनि प्रतियोगितामा सहभागिताका लागि आवेदन गरेकी हुन् । वैकर वन्ने लक्ष्य सहित विविए अध्यनरत अस्मिता र ईन्जिनियर वन्ने लक्ष्य वोकेर कम्प्युटर साईन्स अध्यन थालेकी स्मृति जिवनको एउटा पाटोको रुपमा मोडलिङलाई अघि वढाउने वताउँदछन् । asmita आमा वावु दुवै जना वैदेशिक रोजगारीमा रहेको सुनाउँदै उनिहरुले भने ' हामी सानो छदै मामु ईजरायल र वावा कतार जानुभयो , हामी सानोममि को मै वसेर हुर्कियौ ' वैदेशिक रोजगारीमा कोही पनि रहरले नगएको उनिहरु तर्क गर्छन् र भन्छन् ' देशमै रोजगारी पाएको भए , को जान्थ्यो होला र ?' स्वदेशमै रहेर केही गरेर आफुहरु सँगै वसे हुन्थ्यो भन्ने लाग्ने गरेको सुनाउँदै उनिहरु भन्छन् ' हाम्रै लागि जानु भएको हो , मन र भावनाले मात्रै के गर्ने जिवन चल्दैन रहेछ ।' वुवा आमा वैदेशिक रोजगारीमा गएपनि आफुहरु नजाने र देशमै केहि गर्ने उनिहरु वताउँछन् । वुवा र आमा वैदेशिक रोजगारीमा रहँदा गरेको महशुस निकै मर्मश्पर्शी रहेको सुनाउँदै उनिहरुले भने ' हामी परीवारसँगै वसेर श्वदेशमै केही गरेर देखाउन चाहन्छौ ' सम्पन्न र शिक्षित युवा पुस्तामा देखिएको विदेश मोह सही नरहेको वताउँदै दुवै जना भन्छन् ' देश छाडेर सचेत र शिक्षित जमात विदेशिने हो भने देशको प्रगति कसरी होला !' मिस मेचीको उपाधि दौडमा दिदि वहिनि सँगै हुँदा समस्या हुने गरेको र आफुहरुलाई माया गर्नेहरुलाई कसलाई सपोर्ट गर्ने भन्ने कुराले समस्या दिएको उनिहरुले सुनाए । अस्मिताले भनिन् ' साथिहरुले त साथिलाई नै सपोर्ट गर्छन् , तर पारीवारीक सदस्यलाई भने कसलाई सपोर्ट गरौ भन्ने समस्या भएको छ ।' सानो ममीले मेचीको भोटीङ राउण्डमा कसलाई गरौ भन्ने समस्या भएको वताएको सुनाउँदै स्मृति भन्छिन ' एकदमै भिन्न अनुभव भईरहेको छ , सानो ममी र आफन्तले समान रुपमा दुवैजनालाई सहयोग गरीराख्नु भा छ ।' एउटै फिल्डमा दुवै जना हुँदा समस्या हुन सक्ने भएपनि सजिलो पनि हुने उनिहरु तर्क गर्छन् । काम र अवसरका कुरामा एक अर्का विच प्रतिश्पर्धा र मनमुटाव हुन सक्ने वताउँदै उनिहरु भन्छन् ' तर काम गर्दा एक अर्कालाई सहयोग गर्न र सिक्न सिकाउन पनि सजिलो हुन्छ नि !' म्युजिक भिडियो र विज्ञापनहरुमा अभिनयको लागि दुई जना मध्ये एक भनेर अवसर आए कस्ले काम गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा अश्मिताले आफुले नै गर्ने वताईन् । उनले भनिन ' वहिनिको उमेर र भर्खरै कलेज अध्यन थालेकाले म नै गर्ने छु ।' उता वहिनि स्मृति पनि दुई मध्ये एक भनेर प्रश्ताव आएको खण्डमा दिदिलाई नै आफुले सहयोग गर्ने सुनाईन् । प्रतियोगिताहरुमा हार र जित सामान्य हुने र सहजरुपमा लिनुपर्ने वताउँदै उनिहरुले एक स्वरमा भने ' हाम्रो उधेश्य जित्ने भएपनि अहिले हामीले सिक्ने नै हो ।' भोटीङ राउण्डमा भोट दिनेहरुलाई मिस मेचीको फेसवुक पेजमा गएर आफुहरु दुवै जनालाई भोट दिएर सगाउन उनिहरुले आग्रह पनि गरेका छन् । 1 (1) 1 (2) 1 (3) 1 (4) 1 (5) 1 (6) 1 (7) 1 (8)