पाँचथर /पाँचथरको थर्पुमा रहेको एक नीजि स्कुलका प्रिन्सिपलले अक्षर नराम्रो भएको निहुँमा आफ्नै नावालक विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । थर्पु–२, मा रहेको साइनिङ स्टार लोवर सेकेन्डरी इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल इश्वरी प्रसाद सापकोटाले कक्षा–२ मा पढ्ने ८ वर्षिय नावालक रचित विष्टलाई निर्घात कुटपिट गरेको परिवारले बताएका छन् ।
[caption id="attachment_5115" align="alignleft" width="373"]

पिडित बिद्यार्थी[/caption]
ताप्लेजुङको आम्बेगुदिन घर भई सोही विद्यालयको होस्टेलमा बसेर पढ्दै आएका रचितलाई प्रिन्सिपल सापकोटाले ट्युशन कक्षामै नराम्रो अक्षर लेखेको भन्दै दुव्र्यवहार गर्दै कुटपिट गरेका थिए । कुटपिट गरेपछि प्रिन्सिपल सापकोटाले घाउमा मल्हम लगाएर अरुलाई भने फेरि कारबाही गर्ने धम्कि दिँदै मानसिक यातना दिने काम गरेको रचिका आमा दिलमायाले बताइन् । बाँसको लाठीले हिर्काएका घाइते नावालकको हात, पाखुरा र खुट्टाका विभिन्न ठाउँमा निलडाम बसेको छ ।
घाइते छोराको उपचार सँगै कानुनी सहायतको लागि सदरमुकाम फिदिम आएकी रचितको आमा दिलमायाले घटनाबारे प्रहरीमा उजुरी नदिन समेत केही राजनीतिक दलका नेता र कानुन व्यवसायी समेतले दवाब दिएको बताइन् । दिलमायाको उजुरी पछि कुटपिटमा संलग्न प्रिन्सिपल सापकोटालाई बिहीबार बेलुकी नै नियन्त्रणमा लिइएको पाँचथर प्रहरीले जनाएको छ ।