
बिहे गरेको दस वर्ष नाघिसक्ता पनि उत्तराको कोख भरिएको थिएन । अब त घरपरिवार सबैले उत्तरालाई बाँझी भनेर उनकै मुखेञ्जी भन्न मात्र बाँकी थियो । तर शिक्षित र अर्थउपार्जनमा संलग्न अनि सम्पन्न माइतीका कारण उत्तराले धैर्य त्यागेकी थिइनन् ।
दुई वर्षअघि दिल्ली पुगेर पतिपत्नी दुबैको सम्पूर्ण मेडिकल जाँच पनि उत्तराकै पहलमा भइसकेको थियो । उक्त जाँचमा उमङ्गको विर्यमा फर्टिलिटिको अङ्श पर्याप्त नभएको नतिजा निस्केको थियो । ुयस्तो अवस्थामा भगवानकै चमत्कार भएमात्र तपाईं दुईबाट सन्तान जन्मन्छ । अँ १ टेष्टट्युब गर्न सकिन्छ, तर त्यसमा पनि विर्य चाहीं व्याङ्कबाटै लिनु पर्ने हुन्छ ।ु डा।को सल्लाह थियो । तर उमंग कुनै पनि हालतमा पनि यसप्रकारले सन्तान नचाहने अडानमा रहे । उत्तराले पनि लोग्नेको अडान तोड्नका लागि जिद्धि गर्न सकिनन् ।
दिल्लीबाट फर्केर आएपछि उनीहरु वीचको सम्बन्ध दिनदिनै चिसिँदै गएको थियो । पार्टीमा मात्र मात्ने उमंग अब आधा रातसम्म घर बाहिर रहने र फर्कदा होसै नरहने भइसकेको थियो।
त्यो रात पनि त्यस्तै भएको थियो ।
उत्तरा आफ्नो शयनकक्षमा राखिएको कम्प्यूटरमा रमाउन खोज्दै थिइन् । उमंग कोल्टे फर्केपछि उनको एकमात्र साथी यही कम्प्यूटर भएको थियो । गुगल गरेर विश्वका विविध विषय र प्रविधिबारेको जानकारीमा रमाउँदै समय विताउनु उनको दैनिकी थियो । दिँउसोको समय त कार्यालय र घर गर्दा सजिलै बित्ने गर्थ्यो । तर रात जति गर्दा पनि बित्दैन थियो । उमंग घर नआउञ्जेल उनलाई विछ्यौनामा पल्टनै मन लाग्दैनथ्यो भने उमंग आएपछि पनि उनको निर्दै टरिसकेको हुन्थ्यो । त्यसैले कम्प्यूटरको वेभ भिजिट उनको वाध्यताजस्तै भइसकेको थियो । त्यही क्रम पनि अब एकरसिय भइसकेको थियो । त्यो रात पनि उनी अल्छिलाग्दो पाराले वेभ भिजिट गर्दै थिइन ।
अचानक उनको मनमा फर्टिलिटी गुगल गर्ने विचार आयो । नभन्दै गुगलले केही बेरमा नै सँधैझैं फर्टिलिटी बारेकै विविध साइटहरुबारे जानकारी गरायो । त्यसमध्येका अधिकांश साइटहरु उत्तराले भिजिट गरिसकेकी थिइन् । त्यसैले दिक्क मानेर त्यहाँबाट फर्किन लागेकी थिइन । त्यसैबेला ुआजै खुलेको आश्चर्यजनक यस साइटमा भिजिट गर्नुस्ु लेखिएको विज्ञापनमा उत्तराका आँखा परे । ुके रैुछ यस्को नयाँ नौलो रु हेरौं न त ।ु उत्तरालाई लाग्यो र उनले त्यसमा क्लिक गरिन् ।
ुयो साइट पाँच मिनेट अघिमात्र परीक्षणका लागि राखिएको हो । जसकसैले यो साइट भिजिट नगर्नु होला । प्रयोगका क्रममा कुनै ग्राहकलाई कुनै समस्या पर्न गएमा गुगलले जिम्मेवारी लिने छैन।ु सावधानीका वाक्य लेखिएका राता अक्षरहरुलाई आवश्यकता भन्दा बढी प्रकाशित गरिएको थियो । सावधानीका कुरा पढेपछि उत्तराले रोमाञ्चको अनुभूति गरिन् । डराएर गुगलबाट फर्किनुको साटो उनलाई उक्त साइट एकपटक खोलेर हेर्ने उत्कट इच्छा भयो । त्यसैले उनले त्यहाँ पनि क्लिक गरिन् । एडीएसएलको नेट केही स्लो भएकाले केही बेर उनले अधैर्यसाथ वेभ खुल्ने प्रतिक्षा गरिन् । त्यसक्षण उनलाई उक्त वेभसाइट खुल्नुको प्रतिक्षाअवधि निकै लामो लागेको थियो ।
अन्ततः वेभपेज उनको कम्प्यूटरमा खुलेको थियो ।
त्यस पेजको शिरमा पुनः अघिकै सावधानीका वाक्य रातै अक्षरमा दोहोर्याइएको थियो । ुतपाईं साहसका साथ यस पेजमा आइपुग्नु भएकोमा स्वागत छु त्यसको तल्तिरपटि लेखिएको थियो । ुकृपया सावधानीका साथ यो फर्म भर्नु होस्ु
त्यसदेखि तलतिर एउटा फर्म थियो ।
तपाईंको नाउँ ठेगाना लेख्नु होस् । तर तपाईंको नाउँ ठेगाना गोप्य राखिने छ ।
१। के तपाईं सन्तानहिन हुनुहुन्छ रु उत्तरको ठाँउमा हो होइन लेखिएको थियो । उनले हो मा चिनो लगाइन् ।
२। के तपाईं पैंतिस वर्ष नाघ्नु भएको छैन रु उत्तरको ठाँउमा छ छैन लेखिएको थियो । उनले छैन मा चिनो लगाइन् ।
३। के तपाई विज्ञानसम्मत रुपले आमा बन्नका लागि योग्य हुनुहुन्छ रु अर्थात् तपाईंको मेडिकल जाँच भइसकेको छ रु उत्तरका ठाँउमा छ छैन लेखिएको थियो । उनले छ मा चिनो लगाइन् ।
ुकृपया अर्को पानामा जानुहोस्ु लेखिएको ठाँउमा उत्तराले क्लिक गरिन् ।
ुतपाईं नछुने भएको कति दिन भयो रुु त्यहाँ कर्शरले तानेर अंक राख्नु पर्ने थियो । उत्तराले सातको अंक राखी दिइन् । त्यसपानामा त्यही एउटामात्र प्रश्न लेखिएको थियो र अर्को पानामा जाने चिन्ह थियो । उत्तराले अर्को पानाका लागि क्लिक गरिन् ।
अर्को पानामा पनि एउटै मात्र प्रश्न थियो ।
ु के तपाई तत्काल गर्भाधान गर्न चाहानु हुन्छ रुु
कौतुहल मिस्रित उत्तेजनाका कारण उत्तरालाई माघ महिनाको काठमाडौंको ठिहीमा पनि चिट्चिट् पसिना आइसकेको थियो । त्यसैबेला उनको आँखा कोठाको मध्यभागमा टाँगिएको भित्ते घडीमा पुग्यो रातको एघार बजिसकेको थियो । बाहिर सधैं झैं टोले कुकुरहरु भुकेको आवाज एकनास आइरहेको थियो । घरमा भएका सासुससुराले एक न्र्रिा पुर्याउने बेला भइसकेको थियो भने उमंगको घर फर्किने बेला हुन अझै एक घण्टाबढी बाँकी नै थियो । यो अन्तिम प्रश्नको उत्तर लेख्ने बेलामा उनको सास पनि केही छिटो छिटो चल्न थालिसकेको थियो । ुयस्तो पनि कतै होला र ९ भोकाएको मान्छेको मुखैमा आइपुगेको गाँस जस्तै कुरा छ यसको । के गरौं ९ु एकैछिन बढो द्विविधा भयो उत्तरालाई । ुगफ लगाउँदो हो । जे होला अब । एकपटक हुन्छ भनी दिन्छु । के नै होला र रुु
उनले दह्रो मन पारेर सकारात्मक कोठामा चिनो लगाइन् । चिनो लगाइसकेर उत्तराले लामो सास फेरिन् ।
नेट स्लो भएको कारण खोजिकार्यको चक्र हेरिरहीन उनले । तर त्यसैबेला कम्प्यूटरबाट आवाज आउन थाल्यो । अंग्रेजी भाषामा उत्तरालाई एउटा पुरुष आवाजले सम्वोधन गरेको थियो । उत्तरा झनै छक्क परेकी थिइन् । आर्श्चर्यचकित उत्तराले पनि प्रति उत्तर दिन थालिन् ।
ुमैले भनेको मान्यौ भने म तिमीलाई गर्भवती बनाइदिन सक्छु ।ु
त्यस आवाजले उत्तरालाई मायालु आवाजमा सोधेको थियो ।
आवाज अत्यन्त सम्मोहक थियो । उत्तरालाई त्यस आवाजको सम्मोहनले लट्ठ पारेको थियो । उनले त्यस आवाजलाई स्वीकारोक्ति जनाइन् ।
ुढोकामा चुकुल लगाऊ ।
मधुरो बत्ति बाल ।
तिम्रा सबै पोशाक खोल ।
अब तिमी विछ्यौना जाऊ ।ु
उक्त आवाजले उत्तरालाई अह्राएको थियो र उत्तराले पनि आवाजले भने अनुसार नै सबै काम गर्दै गएकी थिइन् ।
उत्तरा विछ्यौनामा पुगेको केही बेरमै कम्प्यूटरमा स्वाँ।।।।।। गरेर आवाज आएको थियो र कम्प्यूटरबाट इन्द्रधनुषसरहको किरण बाहिर निस्केको थियो । उक्त इन्द्रधनुष हेर्दाहेर्दै मानव आकृतिमा परिणत भयो । उक्त मानव आकृति विस्तारै उत्तराको विछ्यौनातिर लम्केको थियो । त्यो निर्वस्त्र सुन्दर शरीरधारी पुरुषका ओठमा मन्दमुस्कान थियो भने उसको अनुहार ओजस्वी देखिएको थियो । उत्तराले छक्क परेर ती पुरुषलाई अपलक हेरिरहीन् । सपनाजस्तो लागेर उत्तराले आफुलाई चिमोटिन पनि तर त्यो सम्पूर्ण विपना थियो ।
त्यसपछिको समय कसरी वित्यो उत्तरा अर्ध बेहोसीकै अवस्थामा रहिन् । यत्ति हो उक्त पुरुषले सम्पूर्ण पाकक्रिडाका साथमा उत्तरासँग सम्भोग गरेर उनलाई चरमसन्तुष्टिको शिखरमा पुर्याइदिएको थियो । झन्नै आधाघण्टाको अवधिमा सबै काम सकिएको थियो ।
ुअब मातृत्वले भरिएको त्र्रिो जीवन रमाइलो हुने छ । भगवान्ले तिमीलाई सुखी पारुन ।ु उक्त पुरुषले उत्तराको निधारमा चुम्बन गरेपछि विदाईको हाल हल्लाउँदै भनेको थियो । आफ्नो निधारमा त्यस पुरुषको तातो चुम्बनले उत्तरालाई आफ्नो स्वर्गवासी पिताको सम्झना गराएको थियो । अभूतपूर्व अपार आनन्दको पोखरीमा पौडिरहेकी उनले उक्त पुरुषसँग कुनै प्रश्न गर्न खोज्दानखोज्दै ऊ त पुनः इन्द्रेणीमा परिणत भएर कम्प्यूटरमा प्रवेश गरिसकेको थियो । त्यसपछि कोठा चकमन्न भएको थियो ।
अब उत्तरा वास्तविक दुनियाँमा आइपुगेझैं झसँग भएकी थिइन् । उनले भित्ते घडी हेरिन् बाह्र बज्नै लागेको थियो । उनका लोग्ने अझै फर्केका थिएनन् ।
उनी हतारहतार बिछ्यौनाबाट उठेर वाथरुम पसिन र आफूलाई धोइपखाली गरिन् । वाथरुमबाट फर्केर खजमजिएको विछ्यौनालाई मिलाउँदा मिलाउँदै लोग्नेको मोटरको आवाज आएको थियो ।
लगत्तै उनी लोग्नेका लागि मुल ढोका उघार्न गएकी थिइन् ।