
धरान /बिप्लव नेतृत्वको माओबादीले गरेको बन्दको कारण आज पुर्वको जनजिवन प्रभबित भएको छ । बन्दका कारण बिहीबार बिहानैबाट पुर्बमा यातायातका साधन चल्न सकेका छैनन भने बजार पसलहरु पुर्ण रुपमा बन्द भएका छन् । बन्दका कारण सयै यात्रुहरु बिचबाटोमा अलपत्र परेका छन् ।
यसैबिच बजार तोडफोड तथा बन्द गराउदै हिड्ने तिन जनालाई बिहिबार बिहानै इटहरी प्रहरीले पक्राउ गरेको छ । बिप्लव माओबादीका तिनजना नेतालाई इटहरी प्रहरीले पक्राउ गरेको हाम्रा इटहरी संम्बाददाता बाबुराम सुबेदीले जनाएका छन् । पक्राउ पर्नेहरुहमा नवराज ढुङगाना,नवराज भट्टराई र बिक्रम अधिकारी रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका डिएसप ओमप्रसाद अधिकारीले गाडिमा ढुङगा हानेकाल पक्राउ गरिएको जानकारी दिए । यसैबित बन्दको प्रचार गर्दै हिडेका बिप्लप नेतृत्वको नेकपा माओवादीका चारजना कार्यकर्तालाई बुधबार झापाको झिलझिलेबाट प्रहरीले पक्राउ गरेको छ । माओवादीले २७ गते आव्हान गरेको बन्दको प्रचारप्रसार गर्नेक्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु बन्दको पोष्टर टाँस्दै गरेको अवस्थामा पक्राउमा परेको प्रहरीको भनाई छ ।पक्राउ पर्नेमा माओवादीका झापा क्षेत्र नम्बर ५ का एरिया सेक्रेटरी सुरेन्द्र मिश्र, कुमार माझी, दिपेश मिश्र र मदन मिश्र रहेको बताइएको छ । यता जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी हरी प्रसाद शर्माले माओवादीका चारजना कार्यकर्तालाई पक्राउ गरेको पुष्टी गरेका छन् । ४ महिना अघि बिप्लप सम्बद्ध माओवादीका झापा सेक्रेटरी बिवस किरातीसहित ४ जना कार्यकर्तालाई साकम्बरी गुट्खा फ्याक्ट्री आगजनि गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । उनीहरु लगायत देशभरीबाट पक्राउ परेका बिनासर्त रिहाइको माग गर्दै आज बन्दको घोषणा गरिएको माओवादी झापाका सेक्रेटरी तारा थापाले जानकारी दिए । यसै बिच बन्दका कारण रोकिएका सवारी साधनलाई प्रहरीले सुरक्षा दिएर चलाउने भएको छ ।इलाका प्रहरी कार्यालय धरानले बिहिबार बिहानै पहाडि जिल्लाका यातायातका साधनहरुलाई स्कटिङ गरेर त्यस तर्फ पठाएको छ । इलाका प्रहरी कार्यालय इटहरीले पनि बिभिन्न ठाउबाट आएका गाडिहरुलाई गन्तब्य सम्म पुयाउने भएको छ ।बन्दकर्ताहरुको पातलो उपस्थिती रहेको छ