ramchandraरान / जनसंख्या तथा वातावरण मन्त्रालयले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारबाट यस वर्ष ब्लाष्ट टाइम्स दैनिकका स्तम्भकार रामचन्द्र अधिकारी पुरस्कृत भएका छन् । वातावरणको संरक्षण,संवद्र्धन र प्रवद्र्धनमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै अधिकारीलाई सो पुरस्कार प्रदान गरिएको मन्त्रालयले जनाएको छ । वातावरण दिवसको दिन पारेर काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले नगद २५ हजार रपैयाँ र प्रमाणपत्रसहित उनलाई पुरस्कृत गरिएकोहो । उनीसँगै वातावरण संरक्षणमा योगदान दिने अन्य व्यक्तिहरु पनि पुरस्कृत भएका थिए । ११ वर्ष अगाडिदेखि यस व्लाष्ट टाइम्स दैनिकमा स्तम्भकारका रुपमा आवद्ध छन् । जीव विज्ञान अन्तर्गत इकोलोजी एण्ड इन्भाइरोमेन्ट तथा स्वास्थ्यशिक्षामा स्नाकोत्तर गरेका अधिकारी वातावरण विज्ञानका जानकार पनि हुन ।