ब्लाष्ट खबर/ विश्वमा अहिलेसम्म कुखुराको सबैभन्दा सानो अण्डा भर्जिनियाका कृषक जोन स्पेन्सर रुसेलको नाममा छ । अगष्ट ९, सन् २०११ मा उनले पालेको कुखुराले सबैभन्दा सानो अण्डा दिएको पारेको थियो । अब भने उनको त्यो रेकर्ड नेपालबाट तोडिदै छ ।

eनेपालको अर्गाखाची स्थित सन्धिखर्कका कृषक हरीप्रसाद अधिकारीले पालेको कुखुराले संसारकै सानो अण्डा पारेको हो । भर्जिनियाका कृषकको अण्डाको नाप ०.८२६८ ईन्च अर्थात २.१ सेन्टीमिटर रहेको छ । सन्धिखर्कका कृषक हरिप्रसादले आफ्नो  कुखुराले पारेको अण्डाको मापन १.८५ सेन्टिमिटर मात्र रहेको छ दाबि गरेका छन् । हरिले जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीमार्फत गिनिज वुकमा रेकर्डका लागि पहल थालेका छन् । उनले आफ्नो कुखुराले गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख गरेको भन्दा सानो अण्डा आफ्नो कुखुराले पारेको दावी गरेका छन् ।
जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीले लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहर भवनलाई प्रमाणीकरण र गिनिज बुक अफ वल्र्ड रेकड्र्समा दर्ताका लागि पहल गर्न पत्र पठाइसकिएको जिल्ला पशु सेवा कार्यलयका प्रमुख डा. राम नारायण मण्डलले बताए ।  हरिको दाबीमाथि प्रमाणीकरण कार्य आरम्भ भइसकेको छ ।