ब्लाष्ट खबर
/बरिष्ठ संगीतकार अम्बर गुरुङको मृत्यु भएको समाचार सार्बजनिक भएपछि नेपालका ठुला मिडियाहरुको चर्को आलोचना भएको छ । राजधानीको ग्राण्डि अस्पतालमा उपचाररत संगितकार गुरुङको स्वास्थ्य अवस्था स्थिर रहेको ग्राण्डी अस्पतालले जनाएको छ । तर शुक्रबार केहि सञ्चार माध्यमले मृत्यु भएको समाचार प्रकाशन गरेका थिए ।
जिउँदै रहेको मानिसलाई मृत्यु भएको भनेर प्रचार गरिएको भन्दै गुरुङ पुत्र राजु गुरुङले दुःख व्यक्त गरेका छन् । यसले नेपाली मिडियाको बिस्वस्यनीयतामाथि प्रश्न उठेको छ ।
अस्पतालमै रहेका छोरा राजु गुरुङले भने( ‘बुबाको अवस्था अहिले पनि स्थिर छ । तर, उहाँको मृत्यु भयो भनेर केही पत्रिका र सोसियल मिडियामा झूठो प्रचार गरिएकोमा हामी परिवारजनलाई दुख लागेको छ ।’
ग्राण्डी अस्पतालका सूचना अधिकृत विनोद अधिकारीले पनि आफूले भर्खरै गुरुङलाई हेरेको र उनको अवस्था हिजोकैजस्तो स्थिर रहेको बताए ।
अम्बर गुरुङको निधन भएको भन्दै कतिपय मिडियामा ‘पारिवारिक स्रोत’को हवाला दिँदै समाचार आएपछि सामाजिक सञ्जालमा उनको मृत्यु भएको भनेर भ्रामक हल्ला चलेपछि परिवारले दुख व्यक्त गरेको हो । यस्तो हल्ला निराधार भएको भन्दै ग्राण्डी अस्पतालले खण्डन गरेको छ ।