
योगेशबाबु काफ्ले,
विजयपुर / डिक्टेसनको परीक्षामा उत्तीर्ण नभएको भन्दै धरान–७ शुक्रपथस्थित बुढासुब्बा बोर्डिङ स्कुलका एक शिक्षकले बालिकालाई निर्घात कुटपिट गरेका छन् ।
कक्षा २ मा पढ्ने ८ वर्षीया कृतिना कार्कीलाई विद्यालयका शिक्षक सुमित पौडेलले कुटपिट गरेका हुन् । कुटपिटपछि शिक्षक पौडेल फरार छन् भने छात्रा मानसिक रुपमा त्रसित छिन् । उनको पिठ्युँभरि नीलडाम छ । ‘बिहीबार बेलुका छोरीको जीउ निकै तात्तिएको थियो’, बालिकाकी आमा निरा कार्कीले भनिन्, ‘छोरीले त मलाई केही भनेन, उसका साथीहरुले सरले कुटेको कुरा भने ।’ उनका अनुसार कुटाइ खाएको कुरा सुनाउँदा शिक्षकले फेरि कुट्ने डरले छोरीले घटना नसुनाएकी हुन् ।
शिक्षक पौडेलले कुटपिट गरिसकेपछि ‘म्याउँ म्याउँ बिरालो’ भन्ने गीत आपैmँ गाएर नाच्न पनि लगाएका थिए । यसरी विद्यार्थीलाई निर्घात कुटपिट गर्नु बालअधिकारको उल्लङ्घन हो । यो अपराधमा कैद सजायसमेत हुने कानूनी व्यवस्था छ । डिक्टेसन परीक्षामा आधा मात्र उत्तर मिलेको भन्दै पौडेलले कुटपिट गरेको पीडित छात्राका साथीहरुले बताए । शिक्षक पौडेलले यसअघि पनि विद्यार्थीमाथि कुटपिट गर्ने गरेको विद्यार्थीहरु बताउँछन् ।
कुटपिटपछि अभिभावकले भेट्न खोज्दा सम्बन्धित शिक्षक फरार भएका थिए । विद्यालयका प्रिन्सिपल सुजन पौडेलले आपूmहरुबाट गल्ती भएको बताउँदै हल्ला नगर्न भनेको छात्राकी आमा निराले बताइन् । यसबारे कुरा गर्न शुक्रबार साथी लिएर विद्यालयमा जाँदा ‘जो पायो त्यही मान्छे किन ल्याएको ?’ भन्दै प्रिन्सिपल पौडेलले गाली गरेको उनले बताइन् । कुटपिट गर्ने शिक्षक प्रिन्सिपलका आप्mनै भाइ हुन् । प्रिन्सिपलले भने आपूmले अभिभावकलाई गाली नगरेको बताए । आप्mना भाइले गल्ती गरेकाले माफी मगाउन आपूm तयार रहेको बताउँदै उनले भने, ‘पुलिस केस त सर आप्mनै भाइलाई कसरी गर्नु ?’ उनले आप्mना भाइको सट्टा अरु शिक्षक भएको भए पुलिस केस नै गर्दा पनि फरक नपर्ने बताउँदै थपे, ‘म उपचार खर्चसमेत व्यहोर्छु भनेको छु, भोलि अभिभावकलाई बोलाएको छु ।’
भाइको भने उनले बचाउ गरे । ‘ऊ भागेको हैन, टुरमा गएको छ’, भाइको मोबाइल नम्बर माग्दा उनले भने, ‘उसले त मोबाइल नै बोक्दैन ।’ पीडित छात्राका बुबा कृष्ण कार्कीले दोषी शिक्षकलाई कानूनी कारवाही र आप्mनी छोरीको उपचार खर्च व्यहोर्नुपर्ने माग गरे । धरानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले विद्यालयमा विद्यार्थीमाथि कुटपिट हुनु कानूनविपरीत भएको बताए । ‘यसरी कुटपिट गर्नेलाई कानूनी कारवाही हुन्छ ।’ उनले भने । उनले फरार शिक्षकलाई पक्राउ गरिने बताए । ‘कानूनमा कारवाही हुने स्पष्ट व्यवस्था छ, कारवाही हुन्छ ।’ उनले भने ।
