धनकुटा/ ‘देवान, जिमी, याक्खा हामी एउटै जाति, एक जुट बनौँ अब याक्खा पहिचानका लागि’ भन्ने मूल नाराका साथ किराँत याक्खा छुम्मा धनकुटाको तेस्रो जिल्ला अधिवेशन मङ्गलबार सम्पन्न भएको छ ।
छुम्माका केन्द्रीय उपाध्यक्ष लाहारु देवानको प्रमुख आतिथ्यमा सम्पन्न अधिवशनले नगेन्द्र देवानको अध्यक्षतामा १७ सदस्यीय धनकुटा जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः तारवीर लिम्बुखिम, टीकाराम लिङ्खा, विपेन याक्खा र जोगमाया लुम्बालाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा आरके देवान, जय रोगू, विष्णु ताम्ली, सञ्चमान मादी, चन्द्र लिङ्खा, बुद्धिबहादुर याक्खा, रजिना थम्परा, रोशन जिमी, पशुपति याक्खा, लक्ष्मी याक्खा, नगेन्द्र याक्खा र गङ्गा याक्खा छन् ।
त्यसैगरी डम्बर रोगूको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको अध्यक्ष देवानले जनाए । सल्लाहकार समितिका सदस्यहरुमा रत्न जिमी, थर्क ताम्पूm, छत्रबहादुर लिम्बुखिम, नरेन तुम्बा, बिर्ख याक्खा र छत्र याक्खालाई चयन गरिएको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै प्रमुख अतिथि देवानले याक्खा जातिको भाषा, संस्कार, संस्कृति नयाँ पुस्तामा हराउँदै गएकाले संरक्षण गर्न समुदाय नै लागिपर्नुपर्नेमा जोड दिए । उनले आफ्नो पहिचानको रक्षा गर्न भावी सन्तानलाई आफ्नो जातिको भाषा, संस्कार र संस्कृतिबारे जानकारी गराउनुपर्ने धारणा राखे ।
अधिवेशन आयोजक समितिका अध्यक्ष नगेन्द्रको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा केन्द्रीय सल्लाहकार गणेश देवान, बम देवान, पूर्वसभासद दुर्गा लिङ्खा, केन्द्रीय सदस्य आर्सी तुम्बा, पदम देवान, आदिवासी जनजाति महासङ्घका धनकुटा अध्यक्ष सञ्जयसन्तोषी राई, फोनिजका अध्यक्ष सन्तवीर लामा, नगर समन्वय परिषद्का अध्यक्ष गोपाल लिम्बू, सुनसरीका छुम्मा जिल्ला उपाध्यक्ष मनोज फाइङलगायतले बोलेका थिए ।
सचिव टीका लिङ्खाले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार डम्बरले स्वागत मन्तव्य राखेका थिए । अधिवेशनमा जिल्लाका १४ गाविसबाट एक सयको हाराहारीमा प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी थिए ।






























