झापा/ झापाको सताक्षीधाममा गोलोक गोवद्र्धन गौशालाले सँस्कृत पाठशाला सञ्चालनमा ल्याएको छ ।
शिवसताक्षी नगरपालिका–७ मा स्थापित गोलोक गोवद्र्धन गौशालाले एक कार्यक्रम आयोजना गरी पाठशाला कक्षा सञ्चालन गरेको हो । पाठशालाको ९४ वर्षीया बालविधुवा हरिमाताले सोमबार एक कार्यक्रमका बीच सो उद्घाटन गरिन् । चारैतिर जङ्गलले घेरिएको क्षेत्रमा पहिलोपटक सताक्षीधाममा गुरुकुल सँस्कृत विद्यालयमा पढाइ शुरू भएको छ ।

[caption id="attachment_3142" align="alignleft" width="300"]sanskrit फायल फोटो[/caption]

गोलोक गोवद्र्धन गौशालाले निर्माण गरेको श्री हरिवेद विद्यालयमा माध्यमिक तहसम्मको आवासीय सँस्कृत विद्याको पढाइ शुरू गरिएको गौशालाका कोषाध्यक्ष पण्डित सोमनाथ सुवेदीले बताए । सो विद्यालयमा हाल पाँचजना विद्यार्थी अध्ययनरत् छन् । झापा, सङ्खुवासभा र भारतको कालिङपोङबाट विद्यार्थी आएका विद्यालयले जनाएको छ । विद्यालयका अनुसार १५ जना विद्यार्थीलाई आवास, भोजन, पुस्तक र बस्त्रसहितको सुविधा प्रदान गरिने व्यवस्था छ ।
स्वस्तीवाचन, रुद्री, चण्डी, वेद, ब्याकरण र ज्योतिषशास्त्रको अध्ययन÷अध्यापन यही विद्यालयमा गराइने पण्डित सुवेदीले राससलाई बताए । पूर्वमध्यमादेखि आचार्यसम्मको अध्ययन भने श्री हरिवेद विद्यालयले भारतको सम्पूर्णानन्द विश्वविद्यालय वृन्दावनस्थित विद्यालयमा अध्ययन÷अध्यापन गराउने सो विद्यालयले जनाएको छ ।
वैदिक अनुशासनमा रहने सबै जातजातिका विद्यार्थीलाई श्रीहरिवेद विद्यालय खुल्ला रहेको सम्भवत नेपालमा यो पहिलो भएको दाबी गरिएको छ ।
यसैगरी, भारतका विभिन्न स्थानबाट आठवटा गाई ल्याएर शुरू गरिएको गौशालामा यतिबेला नेपाललगायत भारतकै नागाल्याण्ड, मद्रास, मणिपुर, बृन्दावन, हरियाणाका उन्नत तथा स्थानीय जातका गाई छन् । अहिले १ सय ५० भन्दा बढी गाई रहेका छन् । गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले गौशालाको सम्पूर्ण पूर्वाधार तयार भने भारतको दिल्ली र अन्य भारतीय शहरका दाताबाट सञ्चालनमा रहेको बताए । दाताले दिएको पैसाले गौशालाका गाईको मात्र सेवासँगै सेवाबाट बचेको पैसाले गौ अस्पताल पनि निर्माण भइरहेको छ । करीब आठ लाख रुपैयाँ लागतमा निर्माण हुँदैगरेको सो अस्पतालको अहिले ८० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ ।