धरान /ओखलढुंगाको चुप्लुघोडाखरीबाट बिलन्दु जाँदै गरेका पाँच जनाको ट्याक्टर दुर्घटनामा परि मृत्यु भएको छ । फुलबारी गाविसमा बुधबार दिउसो ट्याक्टर दुर्घटना भएको थियो ।दुर्घटनामा परि  पाँच जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बिलन्दुतर्फ जाँदै गरेको ना ५ त २५१२ नम्बरको ट्याक्टर अपरान्ह ४ बजेतिर फुलबारी गाविस ५ मा सडकबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना भएको हो ।ट्याक्टरमा सवार खोटाङ च्यास्tactarमीटार ५ बस्ने ३५ वर्षीय हिराबहादुर राई, ओखलढुंगा बिलन्दु गाविस ५ बस्ने १५ वर्षीय बिष्णु बराल, सोही ठाउँ बस्ने १५ वर्षीय मिलन घिमिरे, १५ वर्षीय अमिर घिमिरे र फुलबारी गाविस बस्ने १४ वर्षीय मनिष खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी चुप्लुघोडाखरीले जनाएको छ ।दुर्घटनामा परि फुलबारी ४ का २० वर्षीय सहचालक प्रेम थापा गम्भीर घाइते भएका छन् ।उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पठाएको छ ।ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।