धरान / राजमार्गमा चेकचाजको क्रममा इलाका प्रहरी कार्यलय पकलीले नक्ली सवारी चालक अनुमति पत्र सहित एक चालकलाई पक्राउ गरेको छ । सोमबार राती रामधुनी भादगाउँ सिनुवारी नगरपालीका ५ स्थित राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा को.९ प.३५०३ नं.को मोटरसाईकल लाई रोकी उक्त मो.सा.चालकको सवारी चालक अनुमति पत्र चेक जांच गर्दा सवारी चालक अनुमती पत्र नम्बर ०२५०६७३० मा नाम चतुरलाल वांतरलाई पक्राउ गरेको हो ।
इन्स्पेक्टर शान्तराम कार्कीका अनुसार उक्त अनुमति पत्रमा वर्ग A, B, C, D उल्लेख भएकोे छ । जारी कोशी अञ्चल याता व्यवस्था कार्यालयले गरेको छ तर छाप भने यातायात ब्यबस्था कार्यालय लुम्बीनी रहेको पाईएको छ । पक्राउ परेका तुरलाल वातरले सरकारी छाप दस्तखत किर्ते गरी नक्कली सवारी चालक अनुमती पत्र बनाएको पाईएकोले निज उपर मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको इन्स्पेक्टर कार्कीले जानकारी दिए ।