[caption id="attachment_2984" align="aligncenter" width="750"]chulo तस्विर ब्लाष्ट /उपेन्द्र चाम्लिङ[/caption]

धरान/  धरानमा हालै गाभिएको विष्णुपादुकाका गाउलेहरुले अव सुधारिएको चुलोमा खाना पकाउन पाउने भएका छन् ।
यस अघि सामान्य चुल्हामा खाना पकाउने विष्णपादुकावासीहरुले नारी स्वतन्त्र मञ्च नेपालले दिएको तीन दिने तालिममार्फत् सुधारिएको चुलोमा खाना पकाउन पाउने भएका हुन् । त्यसका लागि धरान–२६, २४ र २५ वार्डका २१ जना महिला तथा पुरुषहरुलाई नै सुधारिएको चुल्हो बनाउने तीनदिने तालिम प्रदान गरिएको हो । सुधारिएको चुल्होमा धुवारहित हुने प्रशिक्षक गोपाल श्रेष्ठले बताए । सुधारिएको चुल्होमा दाउराको कम खपत हुने र धुवासमेत चिम्नीमार्फत् बाहिर जाने भएकाले स्वास्थ्यको हिसावले पनि राम्रो हुने उनले बताए ।
आफैले इटा बनाएर निर्माण गर्नु परेमा सुधारिएको चुलो बनाउन १५ दिन लाग्छ भने बजारको इटा प्रयोग गर्ने हो भने ७ दिनमा निर्माण गर्न सकिन्छ । चुलामा माटो, चिनी, जुटको बोरालगायत प्रयोग गरी मजबुत बनाउनु पर्ने अर्का प्रशिक्षक रनमाया तामाङले बताइन् । यस अघि पनि चारपटकसम्म सुधारिएको चुलोको तालिम पाएका स्थानीयवासीले यो पटकको चुलो निर्माण गर्दा व्यवहारिक ज्ञानसमेत प्राप्त गरेको २६ नम्बरका सामाजिक परिचालक भक्त राईले बताए ।
सुधारिएको चुलो निर्माण गर्न कम्तीमा पनि २० हजार रुपैया खर्च लाग्ने प्रशिक्षकद्धयले बताए । तर, निर्माण गरेको धेरै वर्षसम्म टिकाउ मात्रै हैन, गृहणीहरुलाई स्वास्थ्यमा प्रतिकुल असर नर्पने भएकाले पनि र अन्य भन्दा सजिलो हुने तालिमपछि प्रशिक्षार्थीहरुले जानकारी पाएको बताए । विष्णुपादुकालाई धुवामुक्त बनाउने अभियानमा यो प्रकारको सुधारिएको चुल्होले भूमिका खेल्ने परिचालक राईले बताए ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरका आन्तरिक लेखा परीक्षण अधिकृत रमेशकुमार साहले ग्यास नपुग्ने क्षेत्रहरुमा सरकारले यस्ता कार्यक्रमहरु सुरुवात गरेमा राम्रो हुने बताए । उनले विष्णुपादुकावासीलाई प्राथमिकतामा परेका योजनाहरु छनौट गरेर पठाएमा धरान उपमहानगरले कार्यसम्पादन गर्ने बताए । आइतबारदेखि सुरु भएको तालिमको समापन मंगलबार (आज) हुने मञ्चकी अध्यक्ष ऐसा सुनुवारले बताइन् ।
चुलो प्रयोग गर्ने गाउवासीको हकमा सुधारिएको चुलोले अनेकन फाइदा पु¥याउने भएकाले पनि गाउबासीलाई तालिम प्रदान गरिएको अध्यक्ष राईले बताइन् । तालिमको क्रममा निर्माण गरिएको चुलो अस्थायी प्रहरी चौकी विष्णुपादुकालाई हस्तान्तरण गरिने सचिव बिना पूमा राईले बताइन् । यस्तै खाल्को तालिम धरान–२२, २३ क्षेत्रमा पनि दिन लागिएको छ ।