[caption id="attachment_2768" align="alignnone" width="1024"]मलद्धार मलद्धारमा लुकाएर ल्याएइएको लागु औषध र प्रहरीले नियन्त्रणमा लिएका कारोबारीहरु[/caption]

  ‘खुर्पा भन्दा कर्द लग्ने’ भने जस्तै लागु औषध कारोबारी तथा प्रयोग कर्ताहरुले प्रहरीलाई समते खानतलासि गर्न समस्या हुने गरि लागु औषधको कारोबार गर्न थालेका छन् ।लागु औषध नियन्त्रणका लागि बिभिन्न प्रबिधी समेत भित्रयाएको नेपाल प्रहरीलाई कारोबारीहरुले चुनौतीनै दिन थालेका छन् ।यसले प्रहरीलाई नै अन्योल थपेको छ ,अब चेकिङ गर्दा मलद्धार चेक गर्ने कि नगर्ने ?

पछिल्लो समय धरानमा मलद्धार भित्र लागु औषध लुकाएर ल्याउने हरुको संख्या देखा पर्न थालेको छ । मलद्धारमा लुकाएर ल्याएको लागु औषध निकाल्दै गर्द धरान प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।संकास्पद ब्यक्तिहरुका पछाडि बाक्लै सुराकीहरु परिचालन गरेको धरान प्रहरीले मलद्धारमा लागुऔषध लुकाएर ल्याउने लाई पक्राउ गर्न सफल भएको हो ।

आफूले लगाएको पेन्टको घर काटी त्यसभित्र लागू औषध हाल्ने र मलद्वारभित्र लागू औषध लुकाएर ल्याइएको लागु औषध लुपिजैसिक–५२ एम्पुल, एभिल–५२ एम्पुल र डाईजेलाव–५२ एम्पुल सहित ४ जनालाई पक्राउ गराएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।पक्राउ पर्नेहरुमा धरान–१३ बस्ने बर्ष २२ को विनोद लिम्बु, २१ बर्षीय विष्णु कार्की, बर्ष २२ बर्षीय धिरज राई र धरान.–१६ बस्ने ३५ बर्षिय अजय राईलाई रहेका छन् । पक्राउ परेका उनीहरुलाई लागू औषध ओसारपसार ऐन अन्तर्गत कारबाही अगाडि बढाइने डिएसपी खतिवडाले जानकारी दिए ।