विजयपुर / अहिले धरान प्रहरीको टाउको दुखाइको विषय बनेको छ– ‘फर्मुला’ । प्रहरीलाई मात्र हैन, बेलैमा ध्यान नपुयाउने हो भने सिङ्गो धरानलाई नै यो विषयले पिरोल्न सक्छ ।
‘फर्मुला’ लागूऔषध प्रयोगकर्ताहरुले प्रयोग गर्ने औषधिहरुको ‘कोड नाम’ हो । बजारमा सहजै पाइने विभिन्न औषधिहरुलाई एकै ठाउँमा मिसाएर लागूऔषध प्रयोगकर्ताहरुले प्रयोग गर्ने गरेको प्रमाण प्रहरीले फेला पारेको छ । प्रयोगकर्ताहरुले ‘फर्मुला’ कोड नाम दिएर यसको प्रयोग गरिरहेका छन् । अब धरान प्रहरीले यस विषयमा एक्सन लिने भएको छ ।
यस विषयमा धरान इलाका प्रहरी कार्यालयमा स्थानीय औषधि व्यसायीहरुसँग शुक्रबार अन्तत्र्रियासमेत भएको छ । यसलाई नियन्त्रण गर्न इलाका प्रशासन कार्यालयले डाक्टरको ‘प्रेस्क्रिप्सन’ लिएर मात्र औषधि बेच्न औषधि पसलहरुलाई निर्देशन पनि दिएको छ । औषधि व्यवस्थासम्बन्धी ऐनमा चिकित्सकको प्रेस्क्रिप्सनविना कुनै औषधि बेच्न नहुने व्यवस्था छ तर अधिकांश पसलहरुले विनाप्रेस्क्रिप्सन औषधि बेच्ने गरेका छन् । अब यसो गरिए पसले र फर्मुला बनाउने दुवै सजायका भागिदार हुने बताउँदै इलाका प्रशासनका प्रमुख सीताराम कार्कीले भने, ‘राज्यका कानून सबै नागरिकका लागि बराबरी हुन्छ, यो पालना गर्नुपर्छ ।’
धरानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले डाक्टरको पुर्जाविना औषधि बेच्ने र औषधिको गलत प्रयोग गर्ने जो सुकैलाई नियन्त्रणमा लिएर कारवाही गरिर्न बताए । औषधि व्यवसायी महासङ्घका केन्द्रीय सदस्य सीपीदत्त पौडेलले पनि डाक्टरको प्रेस्क्रिप्सनविना औषधि बेच्नु व्यावसायिक धर्मविपरीत भएको धारणा राखे । यसो गर्दा जनस्वास्थ्यमा समेत खेलबाड हुने भन्दै व्यवसायीलाई कानूनी व्यवस्थाको पालना गर्न प्रशासनले आग्रह गरेको छ । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका सहसचिव मुरारी भट्टराईले आप्mनै छोराले समेत ‘फर्मुला’ प्रयोग गरेको बताउँदै अभिभावकलाई पनि सचेत हुन आग्रह गरे । उनी नेपाली काङ्ग्रेसका क्षेत्रीय सचिवसमेत हुन् ।
प्रहरीले यसबारे सूचना पाएपछि गरेको गोप्य अनुसन्धानमा अधिकांश औषधि पसलहरुले फर्मुलाका औषधिहरु बेच्ने गरेको पाएको थियो । डाक्टरको प्रेस्क्रिप्सनविना औषधि बेच्न विश्व स्वास्थ्य सङ्गठनले पनि रोक लगाएको छ । ‘यो विश्वव्यापी मान्यता हो, हामी सबैले मान्नुपर्छ ।’ महासङ्घका केन्द्रीय सदस्य पौडेलले भने । पहिलो चरणमा सबै व्यवसायीलाई सचेत गराइएको जनाउँदै डीएसपी खतिवडाले भने, ‘अब प्रहरीले सिधै एक्सन लिन्छ ।’ सो अन्तत्र्रिmयामा औषधि व्यवसायीहरुले आपूmहरु ‘फर्मुला’ प्रयोगकर्ताहरुबाट असुरक्षित रहेको बताएका थिए । ‘अब तपाईंहरुको सुरक्षाको जिम्मा प्रहरीले लिन्छ, तपाईंहरुले विनापुर्जा औषधि बेच्न बन्द गर्नुहोस्’, खतिवडाले विश्वास दिलाए, ‘कसैले औषधि नदिएकै कारण धम्की दिने र आक्रमण गर्ने प्रयास गर्छ भने मलाई सम्पर्क गर्नुहोस्, म पाँच मिनेटमा एक्सन लिन्छु ।’ प्रेस्क्रिप्सनविना औषधि बिक्री गरेको भेटिए कारवाही गरेरै छाड्ने उनले बताए । पछिल्लो समय धरानका लागूऔषध प्रयोगकर्ताहरुले स्पास्पोप्रक्सिवन, टामाडोललगायतका औषधिहरुलाई मिसाएर ‘फर्मुला’ का रुपमा प्रयोग गर्ने गरेका छन् ।