पाँचथर / जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा जिल्लाको आङ्ना– १ की एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पदममायाँ माङ्लाककी पाँच वर्षीया छोरी सोनी रहेकी छिन् । उनको स्थानीय स्वास्थ्य चौकी मौवामा उपचार सम्भव नभएपछि गएराति झापाको दमकस्थित लाइफलाइन हस्पिटल लगिएको थियो । उनको सोही अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
बिरामी हुनेहरुमा पदममायाँ, उनकै छोरा १६ वर्षीय रामप्रसाद, १३ वर्षीया छोरी कविता, आठ वर्षीया छोरी मनुषा रहेका छन् । उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पदममायाँ मालाङ्कले जङ्गलबाट जङ्गली च्याउ ल्याएर खाँदा परिवार नै बिरामी परेका हुन् । रासस