तरहरा/ झुटो आरोप लगाएर प्रहरीले शिक्षकलाई थुनामा राखेको भन्दै नेपाल शिक्षक महासङ्घ, सुनसरीले आपत्ति जनाएको छ ।
सुनसरीको मध्यहर्षाही–४ र ८ मा स्थायी घर भई हरिनगरा उच्च माविमा कार्यरत् शिक्षक विशेश्वरप्रसाद मेहता र शिवशंकर मेहतालाई कुटपिटमा संलग्नता देखिएको भन्दै भूmटो आरोप लगाइएको महासङ्घCA-member-beaten-byले जनाएको छ । महासङ्घका सुनसरी अध्यक्ष दामोदर दाहाल र सचिव भोजराज न्यौपानेले विज्ञप्ति जारी गरी मध्यहर्षाहीकै उर्मिलादेवीले झुटो जाहेरी दिएर शिक्षकहरुलाई फँसाउन खोजेको भन्दै आपत्ति जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ– ‘वास्तविक घटना नबुझी प्रहरीले पक्राउ गर्नु नाजायज हो । शिक्षकहरु तत्काल विनाशर्त रिहा होऊन् ।’ विनाशर्त रिहा नगरे प्रहरीविरुद्ध आन्दोलनमा उत्रने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ ।