ppppविजयपुर/ धरानमा बुधबार बिहानै दुईजना प्रहरीमाथि आक्रमण भएको छ । आक्रमण गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ भने तीनजना फरार छन् । बुधबार बिहान धरान–१३ स्थित जानकी चौकछेउमा रहेको झोलुङ्गे पुलमा लागूऔषध कारोबार भइरहेको जानकारी पाएपछि अमरहाटस्थित अस्थायी प्रहरी चौकीबाट गएको टोलीमाथि लागूऔषध कारोबारीहरुले आक्रमण गरेका हुन् ।
अमरहाट प्रहरी चौकीका असई अनुप थापामगर र जवान नवीन श्रेष्ठमाथि लागूऔषध कारोबारीहरुले आक्रमण गरेका हुन् । उनीहरुको आक्रमणबाट प्रहरीलाई सामान्य चोट लागेको छ । आक्रमण गर्ने धरान–१३ का मोहन राईलाई प्रहरीले पक्राउ गरेर उनीहरुले प्रयोग गरेको को. ८ प ७८०४ नम्बरको पल्सर बाइकपनि नियन्त्रणमा लिएको छ । प्रहरीले आत्मसुरक्षा नगरेको भए अप्रिय घटना हुनसक्ने झोलुङ्गे पुलका एक बासिन्दाले बताए । आपूहरुले पनि बाध्यताका कारण प्रहरीलाई कुनै सहयोग गर्न नसकेको उनले भने । प्रहरीलाई सहयोग गरेको थाहा हुनेबित्तिकै उनीहरुले (कारोबारी) आपूmहरुलाई पनि बाँकी नराख्ने उनले बताए ।
स्थानीयका अनुसार झोलुङ्गे पुल वरपरका बस्तीमा त्यस्ता समूहले आतङ्कनै मच्चाउने गरेका छन् । एक साताअघि इलाका प्रहरी कार्यालयले असईको नेतृत्वमा अमरहाटमा प्रहरी खटाएको थियो । त्यसअघि प्रहरी हवल्दारले अस्थायी प्रहरी चौकी सम्हाल्दै आएका थिए । असईको नेतृत्वमा प्रहरी खटिएपछि अमरहाट वरपरको सुरक्षा व्यवस्था कडा हँुदैआएको स्थानीयले बताए । प्रहरी गस्ती बढेपछि अपराधसम्बन्धी सूचना दिन थालेको झोलुङ पुल छेउका एक स्थानीयले जनाए । बुधबार भने पाँच जनाको समूहमा रहेका कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा आक्रमण भएको असई अनुप थापामगरले जानकारी दिए । आपूmहरु गएको जानकारी पाउनासाथ उनीहरु भागेकोले लखेट्दै जाँदा आक्रमण भएको उनले बताए । एक आक्रमणकारीलाई समात्न सफल भएको बताउँदै उनले अन्यको खोजी भइरहेको जनाए । कारोबारीहरुले असईमाथि ‘यसलाई मार् मार् भन्दै झण्डै २५ किलो तौलको ढुङ्गाले हानेका थिए । प्रहरी जवान नवीन श्रेष्ठका अनुसार उनीहरुले कालीखोलाको डाँडाबाट आक्रमण गरेका थिए ।
घटनापछि वडा नागरिक मञ्च धरान–१३ ले प्रहरीमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । शान्ति सुरक्षामा खटिने प्रहरीमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने मञ्च धरान–१३ का अध्यक्ष नेत्र काप्mलेले माग गरे । प्रहरीलाई नागरिक स्तरबाट थप सहयोग तयार रहेको बताउँदै उनले टोलमा गस्ती टोली बनाएर संयुक्त गस्ती गर्ने समेत बताए ।
इलाका प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडाले भने प्रहरीमाथि आक्रमण नभएर हातपात भएको बताए । हातपात गर्नेहरुको पहिचान भइसकेको र पक्राउ गर्न प्रहरी परिचालन गरिसकेको उनले जनाए ।