दुलारी/लोडसेडिङ तालिकापछि बल्लबल्ल बिजुली आएपनि त्यो बिजुलीले न राम्रोसँग बत्ती बल्छ, न पङ्खा, न फ्रिज । टुकीको भन्दा मधुरो प्रकाशमा मोरङको सुन्दरदुलारीबासीले चित्त बुझाउँदै आएका छन् । ट्याङ्कीमा पानी भर्न पनि रातको १२ बजे कुर्नुपर्ने उनीहरुको बाध्यता ज्यूँको त्यूँ छ । तर विद्युत् प्राधिकरण भने कालो चश्मा लगाएर उनीहरुको पीडा नदेखेभैंm गर्छ ।
एक त विद्युत् आउँदैन, आएपनि पूरै भोल्टेजमा हुँदैन । त्यसमा पनि बीच–बीचमा झ्याप्प–झ्याप्प गइरहने बत्तीका कारण गर्मीमा जनजीवन पूरै अस्तव्यस्त भएको दुलारीका सर्वसाधारण बताउँछन् । सुन्दरदुलारी नगरपालिका कार्यालय अगाडिको पौडेल पसलकी सञ्चालिका मन्दिरा पौडेल खड्काले भोल्टेज नआउँदा असाध्यै समस्या भएको बताइन् । ‘बल्लबल्ल बिजुली आएपनि फ्रिज, पङ्खा चल्दैचल्दैन, गर्मीमा त झनै समस्या हुन्छ’, उनले भनिन्, ‘फ्रिज राति मात्र चल्छ, त्यही चिसो दिनमा बिक्री गर्दैआएको छु ।’ उनीजस्तै यहाँका गृहिणी, विद्यार्थी, व्यवसायी कम भोल्टेजको कारण दिक्क छन् ।
एक त लामो समय हुने लोडसेडिङ, त्यसमाथि भोल्टेजको कमीले बिजुली बत्ती बाल्न मुश्किल परेको दुलारीवासीको लामो समयदेखिको गुनासो प्राधिकरणले हल गर्न सकेको छैन । विद्युत् प्राधिकरणकै हेलचेत्र्mयाँइको कारण यहाँका हजारौं सर्वसाधारण वषौंंदेखि समस्यामा पर्दैआएको सुन्दरदुलारी–११ का रमेश दाहालले बताए । उनले भने, ‘घरको केही चल्दैन, बेलुका भएपछि सिएफएलसम्म बल्न गाह्रो हुने गरेको छ ।’
अनियमित लोडसेडिङ र कम भोल्टेजको समस्याले यहाँका राईस मिलका सञ्चालक, समिलका सञ्चालक, कम्प्युटर कक्षा सञ्चालन गर्ने लगायत अन्य उद्योगी, व्यापारी पनि मारमा परिरहेका छन् । यता सुन्दरदुलारी नगरपालिकाका कार्यकारी अधिकृत सुवर्ण घिमिरेले पनि कम भोल्टेजको कारण आपूmहरु समस्यामा परेको बताए । सर्वसाधारण भोल्टेज छैन भन्दै गुनासो गर्न आउने गरेको जनाउँदै उनले आप्mनै कार्यालयको दुईवटा कम्प्युटर पनि बिग्रिएको बताए । ‘भोल्टेज कम हुँदा सुन्दरदुलारीबासी समस्यामा परेका छन्’, कार्यकारी अधिकृत घिमिरेले भने ।
सुन्दरदुलारी नगरपालिका र कोशीहरैंचा नगरपालिकाको थोरै भागलाई गाउँ विकास हँुदै सामुदायिक ग्रामीण विद्युत् अन्तर्गत बिजुली वितरण हुँदैआएको थियो । तर नगरपालिका र जनसङ्ख्याको चाप ह्वात्तै बढ्दा पनि त्यही विद्युत् बाँडिरहेकोले भोल्टेज कम आएको ग्रामीण विद्युत्का अध्यक्ष पुरणकुमार राईले बताए । नजिकै रहेको विराटचौक र इटहरी झलमल्ल भएपनि दुलारी अन्धकारजस्तै भएको उनको भनाइ छ । विराटचौकमा ट्रान्समिटर राखेर घुमाउँदै आएको विद्युत् भएको कारण कम भोल्टेज आएको उनले बताए । उनले जति दूरी थपिँदै जान्छ विद्युत्को भोल्टेज पनि त्यत्तिकै घट्दै जाने भएकोले सुन्दरदुलारीबासी मर्कामा परेको बताए ।
ट्रान्सफर्मरहरु कम भएको कारण पनि समस्या भएको उनको बुझाइ छ । राईले दुलारी वरपरका किसानले सिँचाइको लागि राति १२ बजे उठेर पानी निकाल्ने गरेको गुनासो सुनाए । यता विद्युत् प्राधिकरणका पूर्वाञ्चल प्रमुख ओमप्रकाश राठीले भने यस विषयमा आपूmले बुभ्mने बताए । ‘कर्मचारीहरुलाई बुझ्न लगाउँछु’, उनले भने । विगत केही समययता नै यस विषयमा कुरा भइरहेपनि राठीले भने गैरजिम्मेवार उत्तर दिएर पन्छिन खोजे ।