नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्माले नेपाल प्रहरीलाई हिजोको चश्माले नहेर्न नागरिकलाई आग्रह गरेका छन् ।
अपराध नियन्त्रणdig तथा अनुसन्धान कार्यक्रम अन्तर्गत नागरिक र प्रहरीको भूमिका विषयक अन्तत्र्रिmयामा शर्माले नेपाल प्रहरीले लोकतान्त्रिक परिवर्तनलाई आत्मसात गरेको बताए । ‘त्यसैले नेपाल प्रहरीलाई हिजोको चश्माले नहेरौं’, शर्माले भने । उनले प्रहरीलाई खराब बनाउनमा नागरिकको पनि उत्तिकै दोष भएको गुनासो गरे । प्रहरीले समुदायसँग नमिली केही गर्न नसक्ने बताउँदै उनले नागरिकको अपेक्षा प्रहरी राजनीतिबाट मुक्त होस् भन्ने रहेकोले प्रहरी पनि सोही अनुसार अघि बढ्ने बताए । पश्चिमदेखि पूर्वसम्म अन्तत्र्रिmया गर्दै आउँदा साझा मुद्दाको रुपमा राजनीतिबाट प्रहरी टाढा हुनुपर्छ भन्ने पाइएकाले त्यसलाई मनन् गरेर अघि बढ्ने एआईजी शर्माको भनाइ थियो ।
उनले प्रहरीले कानुनअनुसार नै कारबाही गर्ने भएकाले राजनीतिक दलहरुलाई पनि कानुनभन्दा बाहिर जान मिल्दैन भन्नको लागि मातहतका प्रहरीहरुलाई निर्देशनसमेत दिए । ‘कसैको राजनीतिक दबाव आयो भने गर्छु भन्ने हैन, कानुनसम्मत मिल्दैन भन्नुस्’, उनले भने ।
प्रमुख जिल्ला अधिकारी मोहन चापागार्इंले अपराध नियन्त्रण गर्नेभन्दा पनि न्यूनीकरण गर्ने कुरा भएकाले नागरिकको सहयोग बिना प्रहरीले अपराध न्यूनीकरण गर्न नसक्ने बताए । उनले प्रहरी प्रशासन पनि नागरिक नै भएको तर कर्तव्य पूरा गर्ने दायित्व प्रहरीसँग रहेकाले त्यसतर्पm सचेत रहन आग्रह गरे । उनले अपराध नियन्त्रण गर्ने कुरा साझा समस्या भएको बताए ।
सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कोषराज पोखरेलले अन्तत्र्रिmयाका क्रममा राखेका जिज्ञासाहरुको उत्तर दिँदै जुनसुकै मुद्दालाई पनि राजनीति हस्तक्षेपका रुपमा नलिन आग्रह गरे । उनले नागरिकको आवश्यकता अनुसार प्रहरी अघि बढ्ने भएकाले कानुनले दिएको अधिकारअनुसार मात्रै प्रहरीको जाँच, पक्राउ र कारबाहीको प्रक्रिया अघि बढाउने बताए । व्यवसायीहरुले अनाहकमा दुःख दिने गरेको भन्ने विषय राख्दा उनले यस्तो टिप्पणी गरेका थिए । प्रहरीले बिल भएर पनि पक्राउ गरेको भन्ने जुन कुरा आएको छ, त्यस्तो नहुने उनको दाबी थियो । यदि प्रहरीले पनि कुनै बहानामा दुःख दिएको छ भने त्यस्ता प्रहरीलाई तत्कालै कारबाही हुने पोखरेलले बताए । ‘हामीलाई जानकारी गराउनुस्, त्यस्ता प्रहरी विभागीय कारबाहीमा पर्छन्’, उनले भने । उनले जिल्ला सुधार्ने दायित्व जिल्लावासीको समेत रहेकाले आप्mनो दायित्वबाट पछि नहट्न नागरिकलाई आग्रह गरे ।
कार्यक्रममा राजनीति दलका प्रतिनिधि, व्यवसायी, पत्रकार, उद्योगी, यातायात व्यवसायी, समाजसेवी, महिला अधिकारकर्मी, पूर्व प्रहरीहरुले विभिन्न विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रमको आयोजना कोशी अञ्चल प्रहरी कार्यालय धरानले गरेको थियो भने कार्यक्रमको सहजीकरण अञ्चल प्रहरी प्रमुख एसएसपी पवनप्रसाद खरेलले गरेका थिए ।