धरान/धरान–१७ स्थित पाँचकन्timthumb.phpया माविको दुईकोठे भवन निर्माण र पिसीएफ सेलरी लगायतमा भएको भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी शाखामा उजुरी परेको छ ।
उजुरी परेलगत्तै अख्तियारले यथार्थ जानकारी गराउन जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको छ । जिशिकाले भ्रष्टाचार भएको दाबी गरेपनि यस विषयमा हालसम्म चासो नराखेपछि अख्तियारमा बेनामे उजुरी परेको हो । यस विषयमा ब्लाष्टले बारम्बार समाचार प्रकाशित गरेको थियो । जिशिकाबाट आएको ७ लाख ५० हजार रुपैयाँ र विभिन्न शीर्षकमा आएको रकम सोधभर्ना बिनै रकमान्तर गर्दै खर्च गरिएको थियो । विद्यालय व्यवस्थापन समितिको निर्णयमा १४ लाख ५० हजार रुपैयाँमा भवन निर्माण गरेकोे देखिन्छ । तर, जिशिकामा पठाइएको फरफारक पत्रमा भने १२ लाख ८६ हजार पा“च सय ८२ रुपैया खर्च भएको देखिन्छ ।
स्कुलले विभिन्न शीर्षकमा आएको रकमसमेत सोधभर्ना नगरी भवन निर्माणमा रकमान्तर गर्दै खर्च गरेको थियो । स्कुलले शौचालयको २ लाख, कम्प्युटरको २ लाख, आइतमाया राईबाट सापटी बापत् २ लाख, धरान उपमहानगरबाट १ लाख, निजी स्रोतका शिक्षकबाट डेढ लाख, छात्रवृत्तिबाट २ लाख, सनम शेर्पाबाट ९० हजार, काठ बिक्रीबाट २५ हजार र विविधबाट २१ हजार रुपैयाँ भवन निर्माणमा खर्च गरेको देखिन्छ । शोधभर्ना बिना रकमान्तर गरिएको रकम शिक्षा ऐनअनुसार बेरुजु हुन्छ ।
भवन निर्माणमा अनियमितता भएको विषयमा जिशिकाले यसअघि पनि चासो देखाएको थियो । तर, त्यसपछि पनि खासै चासो राखेन । स्कुलको सबै विषयमा प्रतिवेदन बुझाउन चार दिनअघि अख्तियारले जिशिकालाई निर्देशन दिएको जिशिअ खगेन्द्रप्रसाद सुवेदीले बताए । जिशिअ सुवेदीले विभिन्न कारणले स्कुलको आर्थिक क्रियाकलापको अध्ययन गर्ने समय नमिलेको बताए ।
जिशिअले विद्यालय निरीक्षक राजन गेलाल र स्रोतव्यक्ति खेमचन्द्र सुवेदीलाई कागजपत्र तयार पार्न निर्देशन दिइसकेका छन् । स्रोतव्यक्ति सुवेदीले भने, ‘पत्रिकामा प्रकाशित भएको विषयमा कागजपत्र माग भएको छ ।’ उनका अनुसार बेनामे उजुरी परेपछि अख्तियारलाई जिशिकालाई निर्देशन गरेको थियो । त्यही आधारमा १५ दिनभित्र आपूहरुले बिल भर्पाइ र कागजातहरु पेश गर्ने तयारीमा रहेको उनले बताए ।
‘स्कुललाई सबै बिल भर्पाइ र कागजपत्र तयार पार्न लगाइसकेका छौं’, उनले भने, ‘१५ दिनको समय छ, त्यस अवधिभित्र अख्तियारलाई प्रतिवेदन बुझाइसक्छौं ।’ स्कुलले भवन निर्माणमा फरक–फरक मितिमा एउटै विषयमा समेत निर्णय गरेको भेटिएको थियो । दुई कोठे भवन निर्माण १२ लाख ८६ हजार पाँच सय ८२ रुपैया खर्च भएको फरफाराक कभरिङ पत्र २०७२ कात्तिक १३ गते जिशिकामा पठाएको देखिन्छ ।
तर, स्कुल व्यवस्थापन समितिले गरेको निर्णयमा भने १४ लाख ५० हजार रुपैयाँ देखाइएको छ । समितिले २०७० माघ १८ गते एकपटक गरेको देखिन्छ भने २०७१ जेठ ३ गते र २०७१ साउन १ गते पनि त्यही खर्चको अनुमोदन गर्दै चोख्याउने काम भएको छ ।