विजयपुर /धरान स्थित बिपी कोइराला स्वास्थय बिज्ञान प्रतिष्ठानका प्राडा पशुपती चौधरीलाई धरान –१०स्थित मेरिल्याण्ड स्कुलकी कक्षा १० कि सोनी राईले सोधिने ‘डाक्टर साब,हामी बिद्यार्थीलाई तपाईले दिने मार्गदर्शनकेहो ? डा.चौधरीले पनि जबाफ दिए ‘अध्ययनमा मेहनत,ठुलाको आदर र सानालाई माया नै हो ।’ चौधरीले ब्याख्यापनि गरिहाले ‘म पनि गाउको सामान्य बिद्यालयमा पढेर डाक्टर भएको हो,धेरै मेहनत गरे र सबैको सम्मान गरें ।
’कक्षा–९का इन्द्र राईले पनि सोधीहाले –तपाई डाक्टरनै किन बन्नु भएको ?अनि हामीले डाक्टर किन बन्नुपर्ने ?प्राडा चौधरीले जबाफ दिए ‘सबै पेशाको आ–आफ्नै महत्व र जिम्मेवारीहरु छन्, मलाई डाक्टर बनेर बिरामीको सेवा गर्न रहर थियो त्यहि भएर डाक्टर भएं ।’ दोश्रो प्रश्नको जबाफ पनि डा.चौधरीले बिद्यार्थीलाई दिए–डाक्टर लाई बिरामीहरुले भगवानको रुपमा लिन्छन्,तपाईहरुपनि डाक्टर बनेर सबैको सेवा गर्नु होस् । देश बनाउने स्वस्थ मान्छे तपाईहरुपनि हो र तपाईहरुले पनि बनाउने हो ।बिद्यार्थी मेरीना दाशले पनि सोधीन–डाक्टर बनेर पैसा कमाउने कि सेवा गर्ने ? डा. चौधरीले भने ‘यो पेशा भनेकै सेवा गर्ने हो, सेवा गरेपछि पैसा आफै पछि लाग्छ हामी पैसाको पछि लाग्नु पर्दैन ।’ मेरील्याण्ड स्कुलका बिद्यार्थीहरुको क्लब द बेगनले बिद्यार्थीहरुलाई पढाईमा प्रेरण मिलोस भनेर समाजका प्रेरणदायी ब्यक्तित्वहरुबाट प्रेरणलिने कार्यक्रम राखिएको थियो । कार्यक्रममा प्रतिष्ठानका डाक्टर तथा डेपुटी हस्पिटल डाईरेक्टर डा. पशुपती चौधरी उपस्थित थिए । द बेगनका अध्यक्ष बिशाल राईले भने ‘ हामीले समाजका प्रेरणदायी ब्यक्तित्वहरुबाट हरेक बिद्यार्थीमा समाजप्रति कसरी उत्तरदायी हुने भन्ने बुझाउन यस्तो कार्यक्रम आयोजना गरेको बताए । बिद्यार्थी इनद्रमणि गुरुङले कार्यक्रमबाट आफुले कसरी अध्ययन गर्दा आफ्नो उदेश्यमा पुगिन्छ भनेर जानकारी पाएको बताए । द बेगनका संयोजक शिक्षक मनोज राईले बिद्यार्थीहरुलाई हामीले समाजका के योगदान पु¥याउन सक्छौ भनेर यस्ता गतिबिधीहरु गरिरहेको बताए । बिद्यार्थीहरुलाई समुदायमुखि बनाउन आफुहरु लागि परेको बताए । बिद्यार्थीहरुले यस अघि टिफिनको पैसा बचाएर जम्मा गरेको पैसा क्यानसर पिडित मुना राईलाई सहयोग गरेका थिए भने शनिबारमात्र हाईकिङ गएर अपाङगता भएका बालक नितेश गौतमलाई ह्वील चियर किन्न पैसा जुटाएका थिए ।आइतबार प्रमुख अतिथी समेत रहेका प्राडा चौधरीले उक्त ह्वील चियर समेत प्रदान गरे । प्राडा चौधरीले भने यस्तो महत्वपुर्ण कार्यक्रमले बिद्यार्थीहरुमा अध्ययनका लागि हौसला मिल्ने बताए । बिद्यालयका निर्देशक मुगाघन राईले बिद्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न बिद्यार्थीलाई प्रेरित गर्ने बताए ।