hhh इलाका प्रहरी कार्यालय, धरानको विशेष टोलीले शुक्रबार साँझ हिरोइनसहित छजनालाई पक्राउ गरेको छ ।
धरान–१५ स्थित पिण्डेश्वर चोकभन्दा एक सय मिटर दक्षिणबाट उनीहरुलाई पक्राउ गरिएको धरानका डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । उनीहरुका साथबाट ९ ग्राम हिरोइन र २ सय ८० मिलीग्राम हिरोइन बरामद भएको उनले जनाए ।
पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन । ‘उनीहरुबारे अनुसन्धान गरिरहेका छौँ’, डीएसपी खतिवडाले भने, ‘शनिबारसम्ममा अनुसन्धान सकेर नाम सार्वजनिक गर्छौं ।’ उनीहरुबारे यसअघि नै अनुसन्धान थालिएको भए पनि शुक्रबार मात्र पक्राउ गर्न सफल भएको खतिवडाले जनाए । उनीहरुलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको उनले बताए ।