तरहरा/ नेपाली काङ्ग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ सुनसरीमा लामो समयदेखिको विवाद फेरि चर्किएको छ । पार्टी नेतृत्वकै कारण नेविसङ्घको विवाद चर्किंदा सङ्गठन कमजोर भएको विद्यार्थी नेताहरु बताउँछन् । विद्यार्थीले विद्यार्थीको नेता छान्न नपाउँदा नेविसङ्घ विवादित र कमजोर हँदैगएको विद्यार्थी नेताहरुको आरोप छ ।
सुनील साह, सुन्दर खेवाङ र वसिम अख्तरले आपूलाई सुनसरीको सभापति दाबी गर्दैआएका छन् । सुनीलबाट कार्यवाहक पाएको भन्दै अख्तरले पनि सभापति भएको बताउँदै आएका छन् । यस्तै खेवाङले पार्टीकै सहमतिको आधारमा आपूलाई सभापति दाबी गर्दैआएका छन् । सुनीलले आपू सभापति भएको भन्दै पुनः मङ्गलबार कार्यसमिति बिस्तार गरेपछि नेविसङ्घको विवाद थप उत्कर्षमा पुगेको हो । साह तत्कालीन संस्थापन पक्ष र खेवाङ देउवा पक्षका हुन् ।
२०६५ सालयता नेविसङ्घ सुनसरी सभापतिको विवाद अहिलेसम्म मिल्न सकेको छैन । दुई पक्षको विवाद नेविसङ्घका विद्यार्थीका लागि टाउको दुखाइको विषय बन्न थालेको छ । तीनजनाले आपूलाई नेविसङ्घको सभापति दाबी गर्दै आएपनि विद्यार्थीमा भने को हुन् नेता भन्ने विषयमा अन्योल छाएको कोषाध्यक्ष विक्रम घिमिरेले बताए । उनले भने, ‘म कोषाध्यक्ष हुँ, मलाई सभापति कोहो भन्ने
थाहा छैन ।’
यता नेविसङ्घ सुनसरीका उपभापति तथा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ६ का सचिव रमेश काप्लेले विवादमा कारण सङ्गठन कमजोर भइरहेको बताए । कजेलहरुमा आ–आप्नै पक्षबाट कमिटी गठन भइरहेको भन्दै विद्यार्थीलाई को हो नेता भन्ने अन्योल रहेको काप्लेको भनाइ थियो । जिल्लामा कतिवटा उच्च मावि र मावि छन् भनेर थाहा नपाउनेहरु नेविसङ्घ जिल्ला नेतृत्वमा रहेको उनको भनाइ थियो ।
नेविसङ्घ सुनसरीका सचिव मन्दीप भट्टराईले पार्टीले गरेको सहमति पालना नगर्नाले विद्यार्थी सङ्गठन कमजोर भएको बताए । विद्यार्थी आन्दोलन बिवादकै कारण अघि बढ्न नसकेको उनले बताए । भने, ‘हामीले एक वर्ष सुनीललाई सभापति मानेको हो, अहिले हामी सुन्दरलाई सभापति मान्न थालेका छौं’, भट्टराईले भने । गुटभन्दा माथि सोच्न सक्ने हैसियत नभएका कारण विद्यार्थी सङ्गठन कमजोर भइरहेको भन्दै पुराना सहमति पालना गर्नुपर्ने भट्टराईले भने ।
यता आधिकारिक जिल्ला सभापति दाबी गर्दैआएका काङ्ग्रेसका जिल्ला सदस्य समेत रहेका साहले भने नेविसङ्घमा विवाद नभएको भन्दै आपूनै आधिकारिक सभापति भएको बताए । ‘म सुनसरीको सभापति हो, मेरो कार्यवाहक बसिम खख्तरलाई दिएको हो । सुन्दर खेवाङ उपसभापति मात्र हो, सभापति हैन’, साहले भने ।
आपूनै सभापति भएको कारण कार्यसमिति बिस्तार भएको उनले बताए । केन्द्रीय समितिले आपूmलाई नै स्वीकार गर्दैआएको उनको भनाइ छ ।काङ्ग्रेस सुनसरीले २०७१ जेठ ३० देखि २०७२ जेठ ३० सम्म सभापति साहलाई बनाउने र त्यसपछि अधिवेशन गराउने गरी सुन्दर खेवाङलाई अध्यक्ष बनाउने निर्णय गरेको खेवाङले बताए ।
उनले भने, ‘म आधिकारिक सभापति हो । गोजीको मान्छे बोक्ने केही नेताका कारण विद्यार्थी सङ्गठनमा भाँडभैलो भएको छ’, उनले भने ।
काङ्ग्रेस सुनसरीका प्रवक्ता सुजेन्द्र तामाङले नेविसङ्घमा आपूआपूले सभापति दाबी गरिरहेको भन्दै बिवाद मिलाउन पहल
गर्ने बताए ।
पार्टी जिल्ला कमिटीले नेतृत्वमा विवाद आएपछि मिलाउन पहल गर्ने जिल्ला सचिव केदार भण्डारीको नेतृत्वमा विवाद समाधान गर्न पहल समिति बनाएको
उनले बताए ।
पार्टीकै सहमति अनुसार खेवाङले अहिले सभापति भएको दाबी गरिरहे पनि साहले विधान विपरीत सहमति गरेको भन्दै विवाद भइरहेको कारण मिलाउन पहल शुरु गर्ने उनले बताए ।