धनकुटा / विहिवार अपरान्ह धनकुटाको भेडेटार, सिम्सुवा र महाभारत गाविसमा परेको अविलर वर्षाले गर्दा गर्जुवा खोलामा वाढी आउँदा कोशी लोकमार्ग ३ घण्टा अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी विमल वस्नेतले जानकारी दिए अनुसार अपरान्ह अचानक परेको वर्षाले गर्दा महाभारindexत गाविसको गर्जुवा खोलामा आएको वाढीले गर्दा तिन घण्टा यातयातको साधन संचालनमा अवरोध आएको छ ।
    झण्डै १५ देखी २० मिनेट परेको अविरल वर्षाले गर्जुवा खोलामा ढुङ्गा, रोडा, वालुवा ल्याएर राजमार्ग अवरोध गरेको थियो । राजमार्ग अवरेध भएपछि शसस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले सडक खुलाउन तत्काल पहल गरेको डिएसपी विमलले ब्लाष्ट खवर डटकमलाई वताए ।
    उनले अवरोध खुलाउन सडक विभागको डोजर प्रयोग गरेर ३ घण्टा पछि एकतर्फी राजमार्ग खुला गरिएको वताएका छन् । विहिवार साँझ अवेरसम्ममा दोहोरो यातयात आवत जावत हुने पनि वस्नेतले वताएका छन् । तर रातको समयमा विहिवार अपरान्ह झै वर्षा भए शुक्रवार पनि राजमार्ग अवरुद्ध हुन सक्ने डिएस्पी वस्नेतले वताएका छन् । उनले सडक विभागको डोजर गर्जुवामा २४ घण्टा राख्ने गरी सडक विभागलाई अनुरोध गरिएको पनि जानकारी दिए ।