Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • विशेष
  • विश्वलाई थाहा छ‘बुद्ध नेपालका हुन’

विश्वलाई थाहा छ‘बुद्ध नेपालका हुन’

alt
  • वैशाख २९, २०७३
  • ब्लाष्ट खबर

Lord-Gautam-Buddhaयस वर्षको बुद्धजयन्तीका अवसरमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
यसअघि बुद्धजयन्तीका अवसरमा विभिन्न सम्मेलनको आयोजना गरेको भए पनि मुलुकको कार्यकारी प्रमुखको अध्यक्षतामा बौद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिनिधि र ख्यातिप्राप्त व्यक्ति नेपालमा बोलाएर ऐतिहासिक सम्मेलन गर्न लागेको यो पहिलो हो ।
सरकारले आगामी जेठ ६ र ७ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन काठमाडौँमा गर्न गत वर्षदेखि तयारी प्रारम्भ गरेको थियो । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बुद्धधर्म र बुद्ध दर्शनसम्बन्धी नेपाली प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ताका १८ र विदेशी छ वटा गरी २४ कार्यपत्र प्रस्तुत हुनेछ ।

आगामी जेठ ८ गते २५६० औँ बुद्धजयन्ती लुम्बिनीमा मनाउने तयारी गरेको छ । सो अवसरमा बौद्ध सम्मेलनका लागि देश विदेशबाट आएका विशिष्ठ व्यक्ति र प्राज्ञको उपस्थितिमा लुम्बिनीमा बौद्ध परम्पराअुनसार विभिन्न धार्मिक अनुष्ठानसहित धुमधामका साथ बुद्धजयन्ती मनाउने तय भएको छ ।

सम्मेलनका लागि “लुम्बिनी, नेपालः भगवान् बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गम भूमि” भन्ने नारा तय गरिएको छ ।

मन्त्रिपरिषद्को गत माघ २० गतेको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन भएको थियो । सम्मेलन मूल आयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ ।

मन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा १०१ सदस्यीय कार्यसमिति गठन भएको छ । सम्मेलन सफल पार्न विभिन्न विषयगत १३ वटा उपसमिति निर्माण गरिएको छ ।
सम्मेलन मूल आयोजक समारोह समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धप्रतिको न्याय, बुद्धसम्बन्धी भ्रम चिर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको उद्घोष गरिसक्नुभएको छ ।

बुद्ध नेपाल बाहिर जन्मिएको भन्ने भ्रमपूर्ण प्रकाशन अझै केही देशमा पाइने सन्दर्भमा यो सम्मेलनले बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश फैलाउनेछ । मन्त्री पोखरेलले परराष्ट्र मन्त्रालयमार्फत बुद्ध नेपालमा नभई अन्य देशमा जन्मिएको भन्ने पुस्तकबाट सच्याउन पहल भइरहेको बताउनुभयो ।
सो क्रममा दक्षिण कोरियाले आफ्नो सम्पूर्ण पुस्तकबाट गौतम बुद्ध भारतमा नभई नेपालमा जन्मिएको भनेर सच्याइसकेको जानकारी आएको छ भने अन्य देशले पनि आफूहरुले सो गम्भीर त्रुटि सच्याउने जनाएका छन् ।
मन्त्री पोखरेल सम्मेलनले सिद्धार्थ गौतम बुद्धको जन्म र कर्म थलो नेपाल नै भएको र बाँकी अन्य ठाउँमा गएर गरेका क्रियाकलाप वा लीला मात्रै हुन् भन्ने सम्मेलनले प्रमाणित गर्ने बताउनुहुन्छ ।
चिनियाँ राष्ट्रपति र भारतका प्रधानमन्त्रीलाई निमन्त्रणा

सम्मेलनका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, दक्षिण कोरियाका राष्ट्रपति पार्क गेउन हाई, संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनलाई सरकारले निमन्त्रणा गरिसकेको छ ।
त्यस्तै, श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमेसिङ्घे भारतको विहारका मुख्यमन्त्री नितीश कुमार, उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव, पश्चिम बङ्गालको मुख्यमन्त्री ममता बनर्जी, त्रिपुराको मुख्यमन्त्री मानिक सरकार, सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङलाई निमन्त्रणा गरिएको छ । साथै १३ देशका संस्कृति, तथा धार्मिक मामिला मन्त्रीलाई निमन्त्रण गरिएको छ । श्रीलङ्का, म्यान्मार, थाइल्यान्ड, भारत, चीन, भियतनाम, कम्बोडिया, जापान, भुटान, दक्षिण कोरिया, लाओस, मङ्गोलिया र इजरायलका सम्बन्धित मन्त्रीलाई निमन्त्रणा गएको छ । त्यस्तै, बौद्ध धर्मसम्बन्धी २३ देशका सङ्घसंस्था नेपाल आउँदै छन् । संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलङ्का, म्यान्मार, थाइल्यान्ड, भारत, चीन, भियतनाम, कम्बोडिया, जापान, भुटान, दक्षिण कोरिया, लाओस, मङ्गोलिया, सिङ्गापुर, इन्डोनेसिया, मलेसिया, बङ्गलादेश, रुस, जर्मनी, फ्रान्स, अस्ट्रिया, क्यानडा रहेका छन् ।
सम्मेलनका लागि हालसम्म २१ देशका ९२ सरकारीस्तर र अन्य प्रतिनिधिको सहभागिता हुने तय भइसकेको सम्मेलन मूल आयोजक समारोह समितिका सदस्य–सचिव बच्चुनारायण श्रेष्ठले जानकारी दिनुभयो । रासस

 
 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार
हरकपुरमा जारी फुटबलमा कीर्तिपुर र शिवालय विजयी

धरान । मोरङको कानेपोखरी गाउँपालिकाको ३ नम्बर वडामा जारी दोस्रो संस्करणको पु ...

सुनसरीका एसपीको नम्बर ह्याक गरी पैसा माग्दै

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ...

दिनेशको हत्या घटनाः रगतले पोतिएको त्यो साँझ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरको चौधरी परिवारमा शनिबार साँझ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बिदा स्वीकृत नभएका बीपीका शिक्षकहरू धमाधम बर्खास्त
६ वर्षमा २७ प्रतिशत काम
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
फेरि आन्दोलनमा उत्रिए नोबेलका स्वास्थ्यकर्मी
बीपी प्रतिष्ठानमा बायोप्सी परीक्षण गर्ने बढे
सङ्कटा फुटबल क्लब सेमिफाइनलमा
धरान उपमहानगरको गेटः सुन्दर सहरको ‘कुरूप’ चित्र
एजेन्टका प्रतिनिधिको मिलेमतोमा राजस्व छली
देउसी खेलेर पुनर्निर्माण कोषमा २ लाख एक हजार सहयोग
विरोधाभासपूर्ण हर्कको राजनीति कहाँ पुग्ला ?
आजको राशिफलः २०८२ साल कात्तिक २० गते बिहीबार
झापा आइपुगे पूर्वराजा
दलका विरुद्ध बोल्ने हर्क साम्पाङकै दल
बेमौसमी वर्षाले बगायो किसानको पसिना
स्रोत नखुलेको २३ लाखसहित दुई पक्राउ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved