Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • विशेष
  • विश्वलाई थाहा छ‘बुद्ध नेपालका हुन’

विश्वलाई थाहा छ‘बुद्ध नेपालका हुन’

alt
  • वैशाख २९, २०७३
  • ब्लाष्ट खबर

Lord-Gautam-Buddhaयस वर्षको बुद्धजयन्तीका अवसरमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
यसअघि बुद्धजयन्तीका अवसरमा विभिन्न सम्मेलनको आयोजना गरेको भए पनि मुलुकको कार्यकारी प्रमुखको अध्यक्षतामा बौद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिनिधि र ख्यातिप्राप्त व्यक्ति नेपालमा बोलाएर ऐतिहासिक सम्मेलन गर्न लागेको यो पहिलो हो ।
सरकारले आगामी जेठ ६ र ७ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन काठमाडौँमा गर्न गत वर्षदेखि तयारी प्रारम्भ गरेको थियो । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बुद्धधर्म र बुद्ध दर्शनसम्बन्धी नेपाली प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ताका १८ र विदेशी छ वटा गरी २४ कार्यपत्र प्रस्तुत हुनेछ ।

आगामी जेठ ८ गते २५६० औँ बुद्धजयन्ती लुम्बिनीमा मनाउने तयारी गरेको छ । सो अवसरमा बौद्ध सम्मेलनका लागि देश विदेशबाट आएका विशिष्ठ व्यक्ति र प्राज्ञको उपस्थितिमा लुम्बिनीमा बौद्ध परम्पराअुनसार विभिन्न धार्मिक अनुष्ठानसहित धुमधामका साथ बुद्धजयन्ती मनाउने तय भएको छ ।

सम्मेलनका लागि “लुम्बिनी, नेपालः भगवान् बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गम भूमि” भन्ने नारा तय गरिएको छ ।

मन्त्रिपरिषद्को गत माघ २० गतेको निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन भएको थियो । सम्मेलन मूल आयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ ।

मन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा १०१ सदस्यीय कार्यसमिति गठन भएको छ । सम्मेलन सफल पार्न विभिन्न विषयगत १३ वटा उपसमिति निर्माण गरिएको छ ।
सम्मेलन मूल आयोजक समारोह समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धप्रतिको न्याय, बुद्धसम्बन्धी भ्रम चिर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको उद्घोष गरिसक्नुभएको छ ।

बुद्ध नेपाल बाहिर जन्मिएको भन्ने भ्रमपूर्ण प्रकाशन अझै केही देशमा पाइने सन्दर्भमा यो सम्मेलनले बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश फैलाउनेछ । मन्त्री पोखरेलले परराष्ट्र मन्त्रालयमार्फत बुद्ध नेपालमा नभई अन्य देशमा जन्मिएको भन्ने पुस्तकबाट सच्याउन पहल भइरहेको बताउनुभयो ।
सो क्रममा दक्षिण कोरियाले आफ्नो सम्पूर्ण पुस्तकबाट गौतम बुद्ध भारतमा नभई नेपालमा जन्मिएको भनेर सच्याइसकेको जानकारी आएको छ भने अन्य देशले पनि आफूहरुले सो गम्भीर त्रुटि सच्याउने जनाएका छन् ।
मन्त्री पोखरेल सम्मेलनले सिद्धार्थ गौतम बुद्धको जन्म र कर्म थलो नेपाल नै भएको र बाँकी अन्य ठाउँमा गएर गरेका क्रियाकलाप वा लीला मात्रै हुन् भन्ने सम्मेलनले प्रमाणित गर्ने बताउनुहुन्छ ।
चिनियाँ राष्ट्रपति र भारतका प्रधानमन्त्रीलाई निमन्त्रणा

सम्मेलनका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, दक्षिण कोरियाका राष्ट्रपति पार्क गेउन हाई, संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनलाई सरकारले निमन्त्रणा गरिसकेको छ ।
त्यस्तै, श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमेसिङ्घे भारतको विहारका मुख्यमन्त्री नितीश कुमार, उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव, पश्चिम बङ्गालको मुख्यमन्त्री ममता बनर्जी, त्रिपुराको मुख्यमन्त्री मानिक सरकार, सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङलाई निमन्त्रणा गरिएको छ । साथै १३ देशका संस्कृति, तथा धार्मिक मामिला मन्त्रीलाई निमन्त्रण गरिएको छ । श्रीलङ्का, म्यान्मार, थाइल्यान्ड, भारत, चीन, भियतनाम, कम्बोडिया, जापान, भुटान, दक्षिण कोरिया, लाओस, मङ्गोलिया र इजरायलका सम्बन्धित मन्त्रीलाई निमन्त्रणा गएको छ । त्यस्तै, बौद्ध धर्मसम्बन्धी २३ देशका सङ्घसंस्था नेपाल आउँदै छन् । संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलङ्का, म्यान्मार, थाइल्यान्ड, भारत, चीन, भियतनाम, कम्बोडिया, जापान, भुटान, दक्षिण कोरिया, लाओस, मङ्गोलिया, सिङ्गापुर, इन्डोनेसिया, मलेसिया, बङ्गलादेश, रुस, जर्मनी, फ्रान्स, अस्ट्रिया, क्यानडा रहेका छन् ।
सम्मेलनका लागि हालसम्म २१ देशका ९२ सरकारीस्तर र अन्य प्रतिनिधिको सहभागिता हुने तय भइसकेको सम्मेलन मूल आयोजक समारोह समितिका सदस्य–सचिव बच्चुनारायण श्रेष्ठले जानकारी दिनुभयो । रासस

 
 
 
 
 
 
 
 
 
सम्बन्धित समाचार
धनकुटामा बस दुर्घटना, १२ घाइते

विजयपुर । धनकुटामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते ...

मेघा–हिमालयनद्वारा मिस एसईई र प्रदेश आइडलका विजेता सम्मानित

विजयपुर । मेघा–हिमालयन कलेजले सौन्दर्य तथा प्रतिभा प्रतियोगिताका विजेताहरूल ...

मेक्सिकोको विजयी सुरुवात

मेक्सिको सिटी । विश्व फुटबलको सबैभन्दा ठूलो महाउत्सव विश्वकप फुटबलको इतिहास ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
धरानमा ६४ किलो गाँजा बरामद, घरधनी फरार
असार २, २०८३
एघार फरार प्रतिवादी पक्राउ
असार २, २०८३
कोशीमा लागूऔषधविरुद्धको महाअभियानः २२ जना पक्राउ
असार २, २०८३
परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता
असार २, २०८३
खाँदबारी कारागारको कैदी हत्या प्रकरणः १५ जनालाई जन्मकैद सजाय
असार २, २०८३
आइतबारको सार्वजनिक बिदा पुनरावलोकन गर्ने
असार २, २०८३
बागमतीको बजेट सबैभन्दा ठूलो
असार २, २०८३
किचकबध उत्खनन्मा बजेट छुट्याऊ
असार २, २०८३
आजको राशिफलः २०८३ साल असार २ गते मङ्गलबार
असार २, २०८३
कोशी प्रदेशः ४० अर्ब ४४ करोड ९८ लाख बजेट
असार १, २०८३
धरानमा ‘स्यालको सिङ’ खोज्दा
असार १, २०८३
सरकारको पुँजीगत खर्च ३२.५३ प्रतिशतमा सीमित
असार १, २०८३
सुनसरीको महिला बास्केटबल टोली काठमाडौं प्रस्थान
असार १, २०८३
बजेट अभावले किचकबधको उत्खनन् ठप्प
असार १, २०८३
धरानको आन्तरिक आय अनुमानः लक्ष्यको ३७ प्रतिशत मात्रै सङ्कलन
असार १, २०८३
धरानमा ६४ किलो गाँजा बरामद, घरधनी फरार
असार २, २०८३
एघार फरार प्रतिवादी पक्राउ
असार २, २०८३
कोशीमा लागूऔषधविरुद्धको महाअभियानः २२ जना पक्राउ
असार २, २०८३
परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता
असार २, २०८३
खाँदबारी कारागारको कैदी हत्या प्रकरणः १५ जनालाई जन्मकैद सजाय
असार २, २०८३
आइतबारको सार्वजनिक बिदा पुनरावलोकन गर्ने
असार २, २०८३
बागमतीको बजेट सबैभन्दा ठूलो
असार २, २०८३
किचकबध उत्खनन्मा बजेट छुट्याऊ
असार २, २०८३
आजको राशिफलः २०८३ साल असार २ गते मङ्गलबार
असार २, २०८३
कोशी प्रदेशः ४० अर्ब ४४ करोड ९८ लाख बजेट
असार १, २०८३
धरानमा ‘स्यालको सिङ’ खोज्दा
असार १, २०८३
सरकारको पुँजीगत खर्च ३२.५३ प्रतिशतमा सीमित
असार १, २०८३
सुनसरीको महिला बास्केटबल टोली काठमाडौं प्रस्थान
असार १, २०८३
बजेट अभावले किचकबधको उत्खनन् ठप्प
असार १, २०८३
धरानको आन्तरिक आय अनुमानः लक्ष्यको ३७ प्रतिशत मात्रै सङ्कलन
असार १, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क