भद्रपुर(ब्ला ष्ट) पछिल्लो केही महिना यता भद्रपुरमा तस्करी गतिविधि बढेको छ । भद्रपुर नाकामा डियुटीमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान तस्करीसंग एक पोका दाँया वायाँ गराए बापत २ सयदेखि ५ सयमै बिक्ने गरेकाले तस्करीले प्रोत्साहन पाएको हो । सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर ५ स्थित मसान घाट छेऊबाट भन्सार छलेर नेपाल भित्राइएको १ लाख २ हजार मुल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेपछि तस्करी गतिविधि फस्टाएको यसै घटनाले पुष्टि गरेको छ ।
भारतको गलगलियाबाट ल्याएको तीन बोरा कपडा शनिवार बेलुृका ७ बजे मेची नदी बगरमा लुकाई छिपाई गरी राखेको र भद्रपुर बजार भित्राउने क्रममा सशस्त्र प्रहरीले बरामद गरेको थियो । बरामद गरिएको विभिन्न किसिमका भेष्ट, सेण्डो गन्जी, पेन्टी लगायतको सामानलाई आइतबार मेची भन्सार कार्यालय काकरभिट्टा बुझाएको सिमा सुरक्षा कार्यालय झापाले जनाएको छ ।