योगेशबाबु काफ्ले/ स्वाच्छ र स्वस्थ शहर को पहिचान बनाएको धरानमा फोहोर फाल्ने ठाउँ (डम्पिङ साइड) नभएका दिन प्रतिदिन धरान लाई चुनौति बन्दै गएको छ । धरान उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा पनि डम्पिङ साइड बनाउन पहल गर्ने मात्र योजना बनाएको छ ।झण्डै १ अर्ब ५० करोडको बजेटमा धरानको फोहोर सामुदाइक बनमा फाल्ने उल्लेख गदै डम्पिङ साइड निर्माण गर्न पहलमात्र गर्ने बताएको छ ।धरान उपमहानगरपालिकाले अहिले धरान इटहरि सडक खण्डमा पर्ने सेउति खोलामा फोहोर फाल्दै आएको छ ।
धरान उपमहानगरपालीकाले खोलामा फालेको फोहोर बक्लौरीको खेलमा (फाईल)
जसका कारण बक्लौरि गाबिसका बासिन्दा तथा किसानहरु बर्षेनि सास्ति खेप्न बाध्य हुने गरेका छन् । धरान उपमहानगरपालिकाबाट निस्कने फोहोरलाई सेउती खोलामा बगाउने नगरपालिकाको रबैयाका कारण बक्लौरीसहित सिंगिया र डुम्राहा गाविस डम्पिङ साइडमा परिणत हुँदै गएका छन् । जसका कारण खोलाले फोहोर बगाएर बक्लौरीका ३० घर मुसहर बस्ती प्रत्यक्ष जोखिममा पर्ने गरेका छन् ।
धरान उपमहानगरपालीकाले खोलामा फालेको फोहोर(फाईल)
त्यसैगरी सिंगीया र डुम्राहा गाविसका सर्वसाधारणका घर र खेती योग्य जमिनमा समेत खोलाले थुपारिदिने गरेकोले सयौ बिघा जमिन प्रदूत हुने गरेका छन् ।गत बर्ष बक्लौरीका पासाङ शेर्पाको १८ कट्ठा, देवकुमारी मगरको ६ कट्ठा, गीतादेवी चौधरीले कमाउँदै आएको २ बिघा ६ कट्ठा र ३० घरपरिवार भएको मुसहर बस्ती र सिंगो बक्लौरी बजार नै फोहोर थुप्रिएपछि स्थानियहरुले धरान उपमहानगरपलिकालाइ ज्ञापन पत्र बुझाउदै तत्काल ब्यबस्थापन गर्न माग गरेका थिए ।त्यसबेला धरान उपमहानगरपालिकाले आगामिबर्ष बाट ब्यबस्थित गर्ने भनेपनि नगरले त्यसतर्फ ध्यान नदिएपनि बक्लौरिबासि धरान प्रति झन् आक्रोसित भएका छन् । धरान उपमहानगरले सेउतिखोलामा फालेको फोहोर खोलाले बगाएर मिनिरल वाटरका बोतल, चकलेट चाउचाउका खोल, स्लाइनपानीका बोतल, कन्डममा टुक्रा, सिरिन्ज, सिसाका बोतललगायतका गम्भिर प्रकृतिका फोहोरका कारण माटोमात्र प्रदुसित भएको छैन त्यहाँका जनता विस्थापित नै हुने अवस्थामा पुग्ने गरेका छन् । नेपाली काङग्रेसका गाउँ इकाइ सभापति उपेन्द्र कटुवाल भन्छन्, फोहोर कै कारण विस्थापित हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुँदैछ । स्थानिय बासिका अनुसार खोलाले मरेका बस्तु बाख्रा, राँगा सुँगुर र मानवीय अंगसमेत बगाएर ल्याउने गरेको बताउछन् । स्थानीय मनमाया खत्री भन्छिन् भन्छिन्,– मरेका राँगा, सुँगुर, त्यस्ता फोहोर त कति आउँछन् कति, कहिलेकाहीँ त मान्छेका हात र टाउको समेत खोलाले बगार ल्याउने गरेको सम्झना गर्छिन ।, त्यो दूर्गन्धले गाउमा बसिसक्नु हुदैन यो बर्ष त नहोला भनेको फेरि दुर्गन्धमै बस्नु पर्ने भो । सेउति खोलाको् बगाएर लाने फोहोरका कारण बक्लौरी गाविसका १,२,३, ६ र ७ नं. वडा प्रत्यक्ष प्रभावित भएको काङग्रसका स्थानीय नेता उपेन्द्र कट्वाल बताउछन् । प्रशासनिक रुपमै धरान नगरपालिकाले डम्पिङ साइड व्यवस्थित गर्नुपर्ने उनी बताउँछन् । भन्छन नगरपालिकाले फोहोर व्यवस्थापन गर्नैपर्छ साथै विपी प्रतिष्ठान पनि यसमा दोष छ । स्वास्थ्य संस्थाले मानवीय स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी फोहोर फ्रयाल्नु आफैमा गैरजिम्मेबारी हो ।
यता, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेपुटि अस्पताल निर्देशक प्रा.डा. पशुपति चौधरीले प्रतिष्ठानको फोहोर त्यसरी सेउती खोलामा नफालिएको बताउछन् । चौधरीले दिएको जानकारी अनुसार विपी प्रतिष्ठानबाट मेडिकल वेस्ट (अस्पतालबाट निस्कने फोहोर) र होस्टल तथा क्वाटरबाट निस्कने घरायसी फोहोर गरी दुई किसिमका फोहोरहरु निस्कने गरेको छ । त्यसमा विश्व स्वास्थ्य संगठनको नियमअनुसार विपी प्रतिष्ठानभित्र मेडिकल वेस्ट डिस्पोज गर्नका लागि इन्सनेटर को व्यवस्था गरिएको छ मेडिकल वेस्ट बाहिर जाँदैन तर होस्टल र क्वाटरबाट निस्कने फोहोरका बिद्यालय, मलाई जानकारी छैन । चौधरी भन्छन् ।बक्लौरी गाविसका पूर्व गाविस अध्यक्ष तथा नेकपा एमालेका स्थानीय नेता श्यामनारायण राजधामी धरानको फोहोर व्यवस्थापनका लागि धेरै पहिलेदेखि झक्झक्याएकोे बताउँछन् । धरानले फोहोर व्यवस्थापन गर्नुप¥यो भन्दै बि.सं २०५४ सालमै हस्ताक्षर अभियान समेत गरी लिखित जानकारी गरायौँ उनी भन्छन्, हामीले धरानलाई बासमती धानको चामल दिन्छौँ, दूध उत्पादन गरेर दिन्छौँ, सागसब्जी दिन्छौँ धरानलाई सफासुन्दर बनाउन सहयोग गर्छौँ तर धरानले हामीलाई फोहोर उपहार दिने ? उनी प्रश्न गर्छन् । उनी भन्छन् हामीले योभन्दा अघि पनि सहयोग गर्छौँ भनेकै हो । धरानको फोहोर व्यवस्थापनमा सहयोग गर्न डम्पिङ साइड पहिचान गर्न र जग्गा उपलब्ध गराउन सहयोग गर्छौँ पनि भनेकै छौं, तर धरान नगरपालिकाले यसलाई वास्तै गर्दैन यसको कारण के हो बुझ्न सकिएन ।मनोजकुमार मेन्याङबो धरानको मेयर रहदा ल्याण्डफिल्ड साइडको बिषयमा चर्च भएको थियो ।
सेउती खोलामा फोहोर फाल्दै धरान उपमहानगपालीकाको ट्याक्टर(फाईल)
त्यसबेला धरान, इटहरी, दुहवीलाई पनि हुने गरी संयुक्त रुपमा ल्याण्डफिल्ड साइड बनाउने योजना अघि सारिएको थियो । तर त्यो बिषय त्यतिकै सेलाएको छ । त्यस यता ल्याण्डफिल साइड बनाउने बिषयमा खासै चर्चा भएको छैन ।धरान उपमहानगरपालिकाका कार्यकारि अधिकृत टिकादत्त राइले धरानलाइ फोहोरको चुर्नाति बन्दै गएको बताए ।बास्तबमा यो समस्याले बक्लौरिबासिलाइ समस्या भएको हामिले पनि बुझेका छाँँै यो बर्षबाट अल्पकालिन रुपमै भएपनि फोहोरलाइ ब्यबस्थित गर्न प्रयास गरेका छौ उनले भने फोहोरलाइ खोला वारि नै राखेर पुर्नका लागि प्रयास गरिरहेका छौ ।धरानको फोहोर ब्यबस्थापनकालागि दिघकालिन योजना आबश्यक छ तर यसका लागि नगरबासि जगरुक हुनु आबश्यक छ कार्यकारि अधिकृत राइले भने हामिपनि यस समस्या प्रति गम्भिर भएका छौ ।