रविन भट्टराई/ताप्लेजुङका अधिकाँस गाउँ सम्म सरकारद्धारा वितरीत बजेट व्यवस्थापन र कार्यन्योयनका विषयमा स्थानिय नागरीक बेखबर रहेको पाईएको छ ।ताप्लेजुङमा सुसासन र नागरीकले पाउने सुचनाको हक संबन्धि अधिकारको अनुगमन गरीरहेको एक संस्थाले प्रस्तुत गरेको तथ्याङ्कमा यस्तो पाईएको हो ।जिल्लाका २२ वटा गाविसमा स्थानिय निकायद्धारा गरीरहेको कामको अनुगमनमा
सक्रिय ग्रामिण विकासका लागि जनचेतना एवं वातावरण संरक्षण मञ्च ताप्लेजुङले विहिबार सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी प्रस्तुत गरेको तथ्que-620x400याङ्कमा गाउँ विकास समितिहरुमा सार्वजनिक सुनुवाई, नागरीक वडापत्र, गुनासो सुन्ने अधिकारी, सुझाप पेटीका लगायतका सार्वजनिक कुरा नहुँदा नागरीक सुचनाको हकबाट बन्चित हुने गरेको पाईएको हो ।संस्था कार्यरत ताप्लेजुङको २२ मध्ये १२ गाविस निगुरादिन, फुलबारी,ढुङ्गेसाघु, डुम्रिसे, फावाखोला, नाङ्खोल्याङ, खाम्लुङ, थिङ्लाबु,चाक्सिबोटे, साँघु, सान्थाक्रा र आम्बेगुदिन गाविसमा गरीएको अनुगमनमा सो गाविसका स्थानिय नागरीक सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण पछि मात्र बजेट निकासा, नागरीक बडापत्र, गुनासो सुन्ने अधिकारी र सुचना अधिकारीको व्यवस्था,नागरीक प्रतिबेदनपत्र, सुचनापाटि लगायतको सामान्य विषयमा पनि जानकार नरहेको पाईएको हो । जुन काम गाविसमा कार्यरत गाविस सचिवले गर्नुपर्ने हुन्छ । गाउँमा जाने बजेट कुन शिर्षकमा कति आउँछ भन्ने विषयमा स्थानिय नागरीकले चासो राखे पनि सो जानकारी नपाउँने, बजेटका विषयमा नागरीक, वाडा नागरीक मञ्च नागरीक सचेतना केन्द्रका पदाधिकारी भन्दा पनि राजनितिक दलको हलिमुहालि बढि हुने लगायतको स्थानिय नागरीकको गुनासो पाईएको संस्थाका सामाजिक परीचालक अम्बिका हाङ्बाङले बताउनुभयो । केहि गाविसको कार्यालयमा बैठकको माईनेट र विवरण माग्दा समेत गाविस सचिवले अख्तियार र जिल्ला विकास समितिले मागे मात्र दिने भन्ने सम्मको प्रतिकृया संस्थाको कर्मचारीलाई दिएको सम्बन्धित
कर्मचारीले गुनासो गरेका थिए । यी सबै तत्याङ्कलाई हेर्दा गाउँ विकास समिति र कर्मचारी जवाफदेहि र पारदर्सि नभएकाले आगामि दिनमा सुधार हुनुपर्ने सुझाव समेत सो संस्थाले दिएको छ । यता ति गाविसमा कार्यरत गाविस सचिवहरुले भने आफुहरुले चाहेर पनि दरबन्दि अनुसारको कर्मचारी नहुदा र गाउँमा गाविस भवन नहुँदा सबै काम गर्न नसकेको प्रतिकृया दिएका छन् । जिल्ला विकास समिति ताप्लेजुङका योजना प्रमुख अम्बिका प्रसाद चौलागाईले आगामि दिनमा यी सबै कुरामा सुधार गर्न सचिवहरुलाई आग्रह गर्नुभएको छ ।
जिल्लाका राजनितिक दलका प्रतिनिधि, सञ्चारकर्मि, सम्बन्धित गाविसका गाविस सचिव लगायत उपस्थित सो कार्यक्रम संस्थाको अध्यक्ष नविन कुमार लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।