इटहरी/ मोरङको सुन्दरदुलारीमा बुधबार भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार को. २० प ५४३८ नम्बरको मोटरसाइकलमा सवार मोरङ टङ्कीसिनुवारीकी ३२ वर्षीया मीनाकुमारी साहको ट्रकको ठक्कaccरबाट मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार साह अचानक खसेपछि को. ना ६ ख २६८३ नम्बरको ट्रकको ठक्करबाट मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सुन्दरदुलारी–१० का २० वर्षीय सुरजकुमार साहसमेत घाइते भएका छन् । ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।