धरान/oli baप्रधानमन्त्रि केपी शर्मा ओलीले आबश्यकपरे सरकार छाड्न तयार रहेको बताएका छन् । प्रधानमन्त्रि ओली र सत्तासाझेदार एमाओबादी बिच भएको बैठकमा आफु आबश्यक परे सरकारको बिकल्प खोज्न तयार रहेको बताएका हुन् । मंगलबार रातीसम्म चलेको बैठकमा ओलीले आफू सहमतिकै पक्षमा रहेको भन्दै प्रचण्डलाई संकटका बेला भएको सहमतीलाई ख्याल गर्न आग्रह समेत गरेका छन् । बैठक श्रोतले भन्यो प्रधानमन्त्रि ओलीले बैठक सुरु गर्दै ‘विकल्पका लागि तयार रहेको बताएका थिए । एउटै गठबन्धनमा बसेर काम गर्दा धेरै राम्रा र केहि अप्रिय अनुभब भएका छन्,सकिन्छ सकारात्मक सोच लिएर छलफल गरौं ओलीलाई उदृत गर्दै श्रोतले भन्यो ‘सकिदैन भने म बाधक बन्दिन ।
जबाफमा एमाओबादी अध्यक्ष प्रचण्डले गठबन्दन सहि भएपनि बाहिरी दबाबहरु धेरै आएको बताएका थिए ।संविधान कार्यान्वयन गर्नुपर्ने कार्य सन्तोषजनक रुपमा अगाडि बढ्न नसकेको भन्दै प्रचण्डले काङग्रेश र मधेशबादी दललाई एक ठाउमा ल्याउनु पर्ने बताएका थिए ।छलफलमा सहभागि एमाले बरिष्ठ नेता माधव नेपालले ‘प्रतिकूलता भएपनि गठबन्धन बचाउनु पर्ने बताएका थिए ।