धरान / १२ लाख रुपैया फिर्ता गरेर समाजमा हाईहाई बनेका दुई युवतिलाई मंगलबार महिला सञ्जाल धरान, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सुनसरी र नेपाली कांग्रेस उपमहानगर समितिले सम्मानित गरेका छन् ।
बैसाख १६ गते सडक दुर्घटनाबाट मृत्यु भएका धरान–१७ का ओमबहादुर गेलालको परिवारलाई खोजीनीति गर्दै १२ लाख रुपैया रकम फिर्ता गरेका थिए । फिर्ता गरेर समाजमा सत्ययुग झै उदाहरण पेश गरेको भन्दै धरान–१५ की ज्योति राई र मोरङ उर्लाबारी–८ की सुनिता राईलाई सम्मानित गरिएको हो ।
त्यस्तै उनीहरुलाई सम्बन्धित व्यक्ति खोज्नमा सहयोग गर्ने टीका पाख्रिनलाईसमेत सम्मानित गरिएको छ । उनीहरुलाई सम्मान पत्रसहितले सम्मानित गरिएको हो । उनीहरुलाई सञ्जालकी अध्यक्ष शिला बज्रचार्य, उपाध्यक्ष सविता राई, निवर्तमान अध्यक्ष मिना पुलामी र जनजाति महिला महासंघकी अध्यक्ष कल्पना शेर्पाले सम्मान पत्र प्रदान गरेका थिए ।
सञ्जालले कलियुगमा पनि सतचरित्र प्रस्तुत गर्दै महिलाहरुको शिर उचो राखेको बताएको छ । मृतकका पिता दलबहादुरलाई बैसाख १८ गते एक कार्यक्रमका बिच रकम प्रदान गरिएको थियो । गेलालले आइएमई र जग्गा व्यापारी हुन् । त्यस दिन उनले १४ लाख रुपैया झिके पनि २ लाख रुपैया इटहरीमै दिएका थिए ।