धरान / चारपाँच जनाको युवाको समूहले आइतबार अपरान्ह साढे १ बजे तिर धरान–७ का एक युवालाई खुकुरी प्रहार गरी घाइते बनाएको छ ।  घाइते धरान–७ शुक्रपथका २१ वर्षीय दिपक राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको देव्रे कान र हातको केही भागमा चोट लागेको छ । उनी सामान्य छन् । खुकुरी प्रहार गर्ने मध्येका ३ जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान–८ का सविन राई, सोही ठाउकै १८ वर्षीय गणेश राई र धरान–१४ का विशाल मगर छन् । आक्रमणमा संलग्न मध्ये एकजना फरार रहेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । राईले आफूमाथि अनाहकमा आक्रमण गरेको बताएका छन् । उनीमाथि धरान–१५ बुढासुब्बाचोकमा आक्रमण गरेका थिए ।